एमाले सचिवमा तीन जनाको उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ
एमाले बागलुङको १० औं जिल्ला अधिवेशन चलिरहेको छ । एमाले बागलुङको सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

एमाले बागलुङको नेतृत्वमा हिरा बहादुर केसीको एकल उम्मेदवारी कायम भएपनि सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटिका संयोजक डिल्लिराज गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार अब पदाधीकारीमा सचिव बाहेक सबै पदमा सर्वसहमती भएको बताउनुभयो । “फाइनल नतिजा प्रकाशन गरेका छैनौ, अध्यक्षमा हिरा केसी र उपाध्यक्षमा विष्णु भुषालेको उम्मेदवारी छ, सचिवमा तीन जनाको उम्मेदवारी परेको छ” गौतमले भन्नुभयो “उपसचिवको दुई वटा पदमा दुई जनाकै उम्मेदवारी परेपछि सर्वसम्मत हुानेनै भयो, जिल्ला कमिटि सदस्यको उम्मेदवारी दर्ताको अन्तिम नामावली प्रकाशन नभएसम्म भन्न सकिदैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *