एमाले बागलुङको अध्यक्षमा केसी सर्वसम्मत


आदर्श अनलाइन, बागलुङ
नेकपा (एमाले) बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
हिजोदेखि बागलुङ बजारमा शुरु भएको १० औं जिल्ला अधिवेशनबात हिरा केसी दोस्रो कार्यकालका लागि सर्वसमत हुनुभएको छ ।

एमालेअध्यक्ष पदमा केसीको एकल उम्मेदवारी कामय भएको एमाले १० औं जिल्ला अधिवशेन निर्वाचन संयोजक डा. डिल्लिराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष हुनुभएको छ ।
एमाले बागलुङको उपाध्यक्षमा समेत विष्णु भुषाल सर्वसम्मत हुनुभएको छ । भुषालको एकल उम्मेदवारी परेपछि सर्वसम्मत हुनुभएको हो । यस अघि सचिव रहनुभएका भुषाल ९ औं जिल्ला अधिवेशनमा समेत सर्वसम्मत हुनुभएको थियो ।

सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।
उपसचिवमा पनि सर्वसम्मत रुपमा धन बहादुर परियार र करमती पुन चयन हुनुभएको छ ।
निर्वाचनमाको मनोनयन दर्तामा एकल उम्मेदवारी कायम भएका उम्मेदवार सर्वसम्मत हुनुभएको निर्वाचन संयोजक डिल्लिराज गौतमले बताउनुभयो ।

“निर्वाचनको कार्यतालिकामै छौं, एकल उम्मेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ” गौतमले भन्नुभयो “सचिवको विषयमा पार्टीले छलफल गरिरहेको होला, निर्वाचन कार्यतालिका अनुसार हामी अगाढी बढिरहेका छौं, एकल उम्मेदवारी पर्नुभनेको निर्वाचन जित्नु हो, निर्वाचन कार्यतालिका अनुसार घोषणा मात्रै गर्न बाँकी छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *