आदर्श अनलाइन, बागलुङ
कालीगण्डकी करिडोरको बैकल्पिक सडक अन्र्तगत पर्ने बागलुङ बजार देखि म्याग्दीको बेनी जोड्ने सडक आगमी जेठ ४ गते सम्मका लागि बन्द गरिएको छ ।
सडक बिस्तारका लागि भन्दै जिल्ला प्रहासन कार्यालयले उक्त सडक दिनभर बन्द रहने जनाइएको छ । जेठ ४ गते सम्मका लागि बागलुङ–बेनी सडक खण्ड बिहान १० बजे देखि बेलुका ४ बजे सम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय बागलुङले एक सूचना जारी गर्दै जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एबम् सुचना अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा सडक डिभिजन कार्यालय बागलुङले उक्त सडक खण्ड अन्तरगत पर्ने पाङग्रे खोलामा सडक बिस्तार तथा मर्मत कार्य भईरहेकोले उक्त सडक खण्ड बन्द हुने जनाइएको छ ।
उक्त समयमा वैकल्पिक सडक मालढुङ्गा बेनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ । बागलुङ–बेनी सडक १४ किलोमिटर लामो रहेको छ । रत्नेचौर देखि बेनी सम्मको सडक बिस्तार भइसकेपनि बागलुङ देखि रत्नेचौर सम्मको सडक भने विस्तार हुँन सकेको थिएन ।
बागलुङ बेनी सडक बन्द भएको समयमा कालीगण्डकी करिडोर अनर्तगत हाल विस्तार भइसकेको मालढुङ्गा–बेनी सडक प्रयोग गर्न सकिने छ ।