बागलुङको विकट गाउँ रमुवा पुग्यो केन्द्रीय लाइन

डम्मर बुढा मगर, बागलुङ
बागलुङको सबैभन्दा विकटको गाउँ रमुवामा पहिलो पटक केन्द्रीय प्रशारण लाइन पुगेको छ । जिल्लाको गलकोट नगरपालिका–१० स्थित रमुवा गाउँमा वि.सं. २०६२ सालमा लघु जलविद्युत पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नु पर्ने बाध्यता थियो । नेपाल विद्युत प्राधिकरणले स्थानीयको समस्यालाई समाधान गर्न यही वैशाख २४ गते केन्द्रीय लाइन पु¥याएको हो । गाउँमा केन्द्रीय लाइन पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रुमुवावासीले अब बाह्रै महिना विद्युत प्रयोग गर्न पाउनु भएका हुन् ।

१८ वर्ष अगाडि ठूलो खोला लघु जलविद्युत आयोजान संचालनमा आएपछि रमुवा गाउँमा बिजुली पुगेको थियो । तर खोला निकै सानो हुँदा पानीले विद्युतीको टर्वाइन घुमाउन सक्दैनथ्यो । जसका कारण गाउँमा बिजुली आपूर्ति गर्न समस्या थियो । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७६ किलोमिटर उत्तर पश्चिममा रहेको रमुवा गाउँ अन्य विकासका हिसाबले पनि निकै पछाडि रहेको छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको रमुवाका स्थानीय कृषि र पशुपालनमा आवद्ध रहँदै आएका छन् । गाउँमा केन्द्रीय लाइन पुगेपछि स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणमा सहज हुने छ ।

स्थानीयसमेत रहनु भएका गलकोट नगरपालिका–१० का पूर्व अध्यक्ष तिलक घर्ती मगरले केन्द्रीय प्रशारण लाइन नहुँदा रमुवाका हजारौँ नागरिक अन्धकारमा बस्नुका साथै सूचना सञ्चाबारबाट टाढा हुनु परेको बताउनुभयो । गाउँमा संचालनमा रहेको लघु जलविद्युत आयोजनाले एउटा चिम पनि नबल्न नसक्ने र नेपाल टेलिकमको टावरसमेत संचालन नहुँदा टेलिफोन सेवानै अवरुद्ध हुँदै आएको उहाँको भनाइ छ । अब ति समस्याहरु समाधान हुने विश्वास लिएको घर्ती मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो – “गाउँमा बिजुली छैनभन्दा घर–घरमा लाइन पुगेको थियो तर जलविद्युतले हिउँदको समयमा एउटा बल्ब (चिम) पनि बाल्न सक्दैनथ्यो, त्यसले गर्दा केन्द्रीय प्रशारण लाइन ल्याउनका लागि धेरै प्रयास ग¥यौँ, बल्ल आयो, केन्द्रीय लाइनले यहाँका हजारौँ नागरिकको मुहारमा खुसी ल्याएको छ, अहिलेको जमानामा पनि अन्धकारमा बस्नु पर्ने स्थिती अन्त्य भएको छ, अब बाह्रै महिना बिजुलीको सुविधा हुने छ, यसले स्थानीयको दैनिकीनै बदलिने अपेक्षा लिएका छौँ ।”

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले भौगोलिक विकटताका बाबजुत लामो समयको प्रयासमा यहाँ विद्युत पु¥याउन सफल भएको बताउनुभयो । अघिल्लो वर्षदेखिनै रमुवामा विद्युत पु¥याउनका लागि काम गरि रहे पनि यस वर्ष बल्ल पुगेको उहाँको भनाइ छ । पोहोर साल पोल र तार बिस्तार गरेको तर चार्ज गर्न नसक्दा बिजुली बाल्न नसकेको भन्दै यस वर्ष अप्ठ्यारा ठाउँहरुमा काम सकिएपछि बिजुली बलेको पौडेलको भनाइ छ । रमुवामा लाइन ल्याउनका लागि करिब डेढ करोड खर्च भएको प्रमुख पौडेलले बताउनुभयो ।

“यो ठाउँ निकै विकट रहेछ, अघिल्लो वर्षनै विद्युत पु¥याउने गरि काम गरेका थियौँ तर भौगोलिक विकटताका कारण पु¥याउन सकिएन, यस वर्ष बल्लतल्ल सकियो, रमुवा गाउँको मुख्य समस्या स्थानीय हाइड्रोपावरले टेलिकमको टावर संचालन गर्न सक्दो रैनछ” उहाँले भन्नुभयो – “त्यसले गर्दा टेलिफोन गर्न सकिने अवस्था रैनछ, एउटा चिम पनि निकै कठिनका साथ बल्दो रैछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *