आदर्श अनलाइन, बागलुङ
जिल्लाको ढोरपाटन नगरपालिका वडा न. ५ मस्तिमा बुधबार साँझ पीकअप जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
बुधबार साँझ करिब ५ बजेको समयमा बुर्तिबाङदेखि यात्रु लिएर छुटेको ग २ च २३१४ नम्बरको पीकअप जीप दुर्घटना हुँदा जीपमा सवार चालक सहित १६ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनुभयो ।
घाइते हुनेहरुमा १२ महिला, २ जना पुरुष र दुई जना बच्चा रहेको बताइएको छ । घाइतेको हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । ढोरपाटन ५ को चौर पाखापानी तर्फ जाँदै गरेको जीप चालकले ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकदेखि करिब १५ मिटर तल खसेको हो ।
वर्षात भइरहेको र सडक चिप्लो र धेरै यात्रु रहेका कारण दुर्घटना भएको हुन सक्ने यात्रुले बताएका छन् । १२ जना घाइतेलाई धौलागिरी अस्पताल बागलुङ तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङमा सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
घाइतेहरुको नामावली
वर्ष २३ का लक्ष्मी बि.क.
वर्ष २३ का अनुसा बि.क
वर्ष १० का मनोज बि.क.
वर्ष २३ का टिका बि.क.
वर्ष २९ का पुजा बि.क.
वर्ष ४० का पुर्णकला बि.क.
वर्ष २३ का अनिता पौडेल
निज अनिता पौडेलको छोरा १८ महिनाको छोरा प्रिन्स पौडेल
वर्ष ४२ का ज्ञान बहादुर घर्ती
वर्ष २८ का मिना बि.क.
ढोरपाटन न.पा. ०२ अर्नाकोट बस्ने वर्ष २० का धन कुमारी क्षेत्री
वर्ष १९ का सिता रोका
निसिखोला गा.पा. ०२ बस्ने वर्ष २० का मिना कार्की
निज मिना कार्कीको छोरी ३ महिनाकी सुहाना कार्की
चालक तमानखोला गा.पा. ०४ बस्ने वर्ष ३० को अमन सिर्पाली