पोलियो निवारणका लागि बागलुङका ११ हजार ७७१ बालबालिकालाई आइपिभी खोप लगाइने

आदर्श अनलानइन, बागलुङ
बागलुङमा यही जेठ १३ देखि २६ गतेसम्म पोलियो खोप (आइपिभी) संचालन गरिने भएको छ । खोप अभावमा वि.सं. २०७३ वैशाखदेखि वि.सं. २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक लगाउने भएको हो । जिल्लाका दश वटै स्थानीय तहमा पोख संचालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको छ ।

सोमबार पत्रकार सम्मेलन गरि स्वास्थ्य कार्यालय बागलुङले खोप अभियान संचालनका बारेमा जानकारी गराएको हो । जिल्लाभर ११ हजार ७७१ जना बालबालिकालाई यस पटक पोलियो खोप लगाइने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

दूर दराजका बालकालिकालाई खोपको पहुँचा ल्याउनका लागि ३३९ स्थानमा खोप लगाइने उहाँको भनाइ छ । कुनै पनि बालबालिका आइपिभी खोपबाट वञ्चित नहोस भन्ने उद्देश्यले तीन हसय ३९ जना स्वास्थ्यकर्मी, छ सय ८९ जना स्वयंसेवक खटाउने प्रमख आचार्य बताउनुहुन्छ ।

खोप व्यवस्थापनका तथा अनुगमनका लागि ९५ जनालाई खटाइने उहाँको भनाइ छ । स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकाको पाइक पर्ने ठाउँमै पुगेर पोख लगाउने प्रमुख आचार्यले बताउनुभयो । खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्ला स्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग सहकार्य गरिने उहाँको भनाइ छ ।

प्रमुख आचार्यले भन्नुभयो – “विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो, नेपालमा मात्रै यस वर्ष १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई आइपिभी पोख लगाउने तयारी छ, सोही अनुसार बागलुङमा पनि यो अभियान संचालन गर्न थालेका हौँ, सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरि योजना बनाएका छौँ ।”

प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुगमदेखि दूर दराजसम्मका बालबालिकालाई नछुटाई खोप लगाउनु पर्नेमा जोड दिनुभयो । बागलुङको पश्चिम क्षेत्रका बालबालिका माथिल्लो क्षेत्रमा बस्ने हुँदा उनीहरुलाई जसरी पनि समेट्नु पर्ने उहाँको भनाइ छ । धेरै जसो बालबालिका विद्यालयमा भेटिने हुँदा त्यसलाई बढी प्राथमिकता दिनु पर्ने भन्दै विद्यालय बाहिर रहेकाहरुलाई पनि खोपको पहुँमा ल्याउनु पर्ने सुवेदीले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समित बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्ष र कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *