‘प्रेसले आम नागरिकको अधिकारका लागि आवाज उठाउनु पर्छ’

आदर्श अनलाइन, बागलुङ
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुख्य आधार स्तम्भ भएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन बागलुङले आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले लोकतन्त्रलाई कमजोर बनाउनका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण हुने गरेको बताए ।

No description available.

‘लोकतन्त्रलाई कमजोर बनाउनका लागि सबैभन्दा पहिले प्रेसमाथि आक्रमण हुने गरेको उदाहरण देखिन्छ,’ कार्यक्रममा सहभागीले भने,‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सरोकारलावा सबै निकाय र क्षेत्रले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले प्रेस स्वतन्त्रतालाई नागरिकको जीवन परिवर्तन गर्ने आधारको रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । ‘प्रेसले आम नागरिकको अधिकारका लागि आवाज उठाउनुपर्छ,’उहाँले भन्नुभयो,‘समाजलार्य सुसूचित र प्रेरित गर्दैै सत्मार्गमा डो¥याउने काम पत्रकार र पत्रकारिता क्षेत्रको हो ।’ पत्रकारले पनि पत्रकारिता गर्दा मर्यादाको ख्याल गर्नुपर्ने बताउनुभयो ।

No description available.

‘पत्रकारहरुले पनि प्रेस स्वतन्त्रताको उयोग गर्दा यसको मर्यादा र सिमाहरुको ख्याल गर्नुपर्छ,’उहाँले भन्नुभयो,‘व्यवसायिक मर्यादामा रहेर गरिएको पत्रकारितालाई कसैलाई क्षणिक चित्त नबुझे पनि सिंगो समाजको हित गरिरहेको हुन्छ ।’ गलत कुरामा खबरदारी गर्ने राम्रा उदाहरणलाई प्रचार प्रसारमा मिडियाले सघाउनुपर्ने उहाँको भनाइ छ । ‘काम गर्ने क्रममा गल्ती कमजोरीहरु पनि भएका हुनसक्छन्, त्यसमा खबरदारी गर्ने काम पनि मिडियाले गर्नुपर्छ,’उहाँले भन्नुभयो,‘कतिपय राम्रा अभ्यासहरु पनि भएका छन् । त्यसलाई प्रचार प्रसार गरी नागरिक समक्ष पु¥याउनका लागि पनि सञ्चार जगतले सहयोग गर्नुपर्छ ।’

No description available.

उहाँले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारिता क्षेत्रको विकासका लागि सहयोग गर्न बागलुङ नगरपालिका सदैव तयार रहेको समेत प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव एवं बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पत्रकारिता क्षेत्रलाईमा देखिएका कतिपय खराब तत्वले सिंगो पत्रकारिता क्षेत्रलाई नै अप्ठ्यारोमा पार्ने गरेको बताउनुभयो । ‘पत्रकारिता पेशा सत्यतथ्यमा आधारित हुन्छ भन्ने विश्वास हो, तर कहिलेकाँही कतिपय व्यक्तिहरुले सत्यता बिना भ्रम फैल्याउने काम गरिदिंदा सिंगो पेशाप्रति नै आशंका उब्जने अवस्था आउँदो रहेछ,’ थापाले भन्नुभयो ।

उहाँले पत्रकारिता क्षेत्रको विकासका लागि बडिगाड गाउँपालिको हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । ‘लोकतन्त्रको मुख्य खम्बा र राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतको विकास लागि हामी तयार छौं,’उहाँले भन्नुभयो,‘गाउँपालिकाको तर्फबाट हामीले के कस्तो साथ सहयोग गर्न सक्छौं । त्यसका लागि हामी सधैं तयार रहनेछौं ।’

No description available.

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि जिल्ला प्रशासन कार्यालय सधैं तयार रहेको बताउनुभयो । आफु सञ्चार मन्त्रालयमा रहँदा प्रेस सम्बन्धी विभिन्न कानुनहरु निर्माण गरेर स्वतन्त्रताको ग्यारेन्टी गर्ने काम गरेको समेत उहाँले बताउनुभयो ।

नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले आफु के हो भन्ने पहिचान पत्रकारले पत्रकारिताको माध्यमबाट दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्य, नेपाल महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष इश्वरठाकुर पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रेस चौतारी बागलुङका उपाध्यक्ष खेमराज गौतम सुवास, प्रगतीशिल पत्रकार संघ बागलुङका अध्यक्ष विजय राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

No description available.

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष उषा पौडेल र सञ्चालन सचिव डम्मर बुढामगरले गरेका थिए । कार्यक्रममा प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सरोकारवालाको भूमिका विषय अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो । नेपाल प्रेस युनियनले स्थापनाको ३३ औं वर्ष प्रवेशको अवसरमा त्रिदिवसीय कार्यक्रमका साथ मनाइरहेको छ ।

शनिबार पहिलो दिन बानपा—१ निरयघाटमा रहेको रामानुज आश्रममा ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरिएको थियो । २०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता पाउने नेपालको पहिलो पेशागत संगठन हो ।

मैत्रीपूर्ण फुटसलमा महासंघ विजयी
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता पत्रकार महासंघ बागलुङले जितेको छ । आईतबार बिहान भएको प्रतियोगितामा पत्रकार महासंघ बागलुङ पत्रकार सम्बद्ध पेशागत संघ संगठनलाई ९-७ गोल अन्तरले पराजित गरेको हो ।

May be an image of 13 people, people playing American football and people playing football

मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगर उपप्रमुख हरिहर शर्माले नागरिक अधिकार रक्षाका लागि प्रेस जगत बलियो हुनुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रको विकासले मात्रै लोकतन्त्र बलियो बन्ने उहाँको भनाइ थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *