पाँच कक्षापछि पढ्न पाउँदैनन् बागलुङ निसेलढोरका बालबालिका

खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको सबैभन्दा विकट गाउँ निसेलढोर पुग्दा संझना बिश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको विश्वकर्माले कक्षा छ मै पढाईलाई विश्राम दिनभयो ।
उहाँको पढ्ने रहन नभएर हैन गाउँमा विद्यालय नभएपछि टाढा गएर पढ्न सक्ने वातावरण नभएपछि पढाई छोडेर बिहे गर्नुभयो हो । निसीखोला गाउँपालिका–५ निसेलढोरमा अशिक्षा, गरिबि र बालबिबाह व्याप्त छ । त्यसैको चेपुमा संझना जस्ता धेरै नारीहरु परेका छन् ।

निसेलढोरमा जम्मा पाँच कक्षा सम्म अध्ययन हुने गरेको र माध्यामिक शिक्षा अध्ययनका लागि घरबाट जान संभवन नभएपछि पढाई छोडेको विश्वकर्माले दुखेसो गर्नुभयो । “१९ वर्षकी भए, पढाईको महत्व अहिले बुझ्दै छु, घरबाट पाँच घण्टाको पैदलमा मात्रै माध्यामिक विद्यालय छ, पढ्न जान संभव भएन, आर्थिक क्षमता भए कोठा खोजेर बस्ने हो सानै उमेरमा एक्लै बस्न सक्ने कुरा भएन, यहाँ म मात्रै हैन विद्यालय नहुँदा धेरैले पाँच पास मात्रै गरेरपछि पढाई छोडेका छन्” उहाँले भन्नुभयो “घुम्ती बसाई गर्नेहरुले बेसी झरेर पढ्ने गरेपनि स्थायी बसोबास भएका घरका बालबालिकाले पाँच कक्षा सम्म मात्रै अध्ययन गर्ने अवस्था छ भने कतिपय विद्यालको पहुँचमै पुगेका हुँदैनन् ।”

विद्युत नपुगेको र गरिबिका कारण सोलार समेत नहुँदा निसेलढोर गाउँ अझै अन्धाकार छ ।
एक वर्ष अघि मात्रै नेपाल टेलिकमले मोवाई टावर राखेपनि मोवाई चार्ज गर्न समस्या भएपछि सञ्चारको पहुँचमा समेत समस्या छ ।

निसेलढोरमा ५५ घर स्थायी छन् भने १५० घरमा घुम्ती बसाई हुन्छ । घुम्ती बसाई अन्र्तगतका बालबालिकाले निसीखोलाको बेसीका सुविधा सम्पन्न भवन भएका विद्यालयहरुमा अध्ययन गर्ने भएपनि निसेलढोरमै रहेका बालबालिकाहरु कक्षा पाँच सम्म मात्रै अध्ययन गरेर पढाई छोड्ने गरेका छन् ।

निसेलढोरकै १९ वर्षिया खिमा बिक विद्यालयनै जान नपाएको बताउनुहुन्छ । उहाँले अन्यत्रको भन्दा निसेलढोरको अवस्था निकै चिन्ताजनक रहेको सुनाउनुभयो । “यहाँ त बालबिबाह सामान्य जस्तै छ, केही विद्यार्थी बिद्यालयनै जादैनन्, कक्षा पाँच सम्म त गाउँमै पढाई हुन्छ, त्यसमाथी अध्ययन गर्न समस्या छ, आफ्नै वडाको माध्यामिक विद्यालयमा अध्ययन गर्न जान मात्रै पाँच घण्टा पैदल हिड्नु पर्दछ” बिकले भन्नुभयो “कम्तिमा विद्युत आए गाउँ उज्यालो होला, नागरिकको चेतनामा विद्युतीकरणले सहयोग पु¥याउला, मोवाईल चलाउन पाइएला ।”

पाँच कक्षा सम्म अध्ययन गर्न मिल्ने कुँडेढोर प्राथमिक विद्यालयमा अहिले ५२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयका शिक्षक रुद्र बिकले पाँच कक्षा पढेपछि अधिकांश विद्यार्थीले पढाई छोड्ने गरेको बताउनुभयो । उहाँले पाँच कक्षा पछि अध्ययनका लागि पहुँचमा विद्यालय नहुँनु र अवासीय सुविधा लिएर अध्धयन गर्न विद्यार्थीले नसक्दा यहाँका अधिकांश बालबालिका कक्षा पाँच भन्दा माथी पढ्न नसकेको बताउनुभयो ।

२०६४ सालमा स्थापना गरिएको कुँडेढोर प्राथमिक विद्यालय समेत जीर्ण भवस्थामा छ । विकासले पछि परेको निसेलढोरमा कम्तिमा विद्युत भएमा सञ्चारको पहुँच विस्तार हुँनेमा यहाँका जनता आशावादी रहेका छन् । एक वर्ष यता निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाई भने स्थापना गरिएको छ । निसेलढोरमा सडक पुगेपनि छिमेकी पालिका ढोरपाटन नगरपालिकाबाट हो । सोझै पालिकाको केन्द्रमा पुग्ने सडक विस्तार समेत भएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *