बसाइँसराइले रित्तिदै मौलाछ गाउँ


खेमराज गौतम, बागलुङ
“यही गाउँमा पढेर हुर्केका नानीबाबुहरु देश विदेश गए, केही त डाक्टर सम्म बने अहिले नत विद्यालयमा विद्यार्थी छन् नत गाउँमा मानिसनै छन्, छन् त केबल हामि जस्ता बुढाबुढी मात्रै” बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाको रित्तिदै गरेको मौलाछ गाउँ पुग्दा स्थानीय सुसिला कुमारी शर्माले भन्नुभएको बाक्य हो यो ।

शर्माले जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा नजिकै रहेर समेत बसाइँसराइको चपेटामा परेको सिंगो गाउँमा फ्याट्ट फुट्ट घरमा मात्रै युवा रहेका छन् भने बालबालिका शुन्य रहेका छन् । बसाइँसराइले छोडेका घर खण्डहरु बन्दै गइरहेका छन् भने जग्गा क्रमश बाँझिएर झाडी उम्रदै गएको छ ।

जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछ गाउँमा ८८ घर मध्ये अधिकांश घर खाली रहेको शर्माको भनाई छ । “मौलाछ गाउँमा अहिले बुढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घरमा मात्रै मानिसहरु बस्ने गरेका छन्, अन्य घर खाली अवस्थामा छन्” शर्माले भन्नुभयो “यहाँका नागरिकहरु सुविधाको अधिकांश चितवन पुग्ने गरेको पाइन्छ, अन्यत्र पोखरा, काठमाण्डौ, वुटवलमा बसाइँ सर्ने गरेका छन्, बसाइँसराइको नमूना नै छ यस गाउँमा भएको एउटा प्राथमिक विद्यालय समेत विद्यार्थी नहुँदा बन्द हुँने अवस्थामा पुगेको छ ।”

हाल ३३ घरमा बुढापाका मात्रै भएपनि बालबालिका शुन्य रहेको पाइएको छ । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार झार्नेको लार्को लागेपछि विद्यालय बन्द हुनुका साथै गाउँनै सुनसान बनेको स्थानीय हिरा पौडेलले जानकारी दिनुभयो ।

“बस्ने स्थान अभावमा गुन्द्री लगेर पढ्ने घरै माथीको सर्वोदय प्राथमिक विद्यालयमा अहिले विद्यार्थी छैनन्, गाउँमा बालबालिका जन्मेको विद्यार्थी हुनु, गाउँमा हामी जस्तौ बुढा बुढीमात्रै छौं, छोरा बुहारीहरु बसाइँसराई अध्ययन, रोजगारी विदेमा जादा गाउँ खाली हुँन थालिसक्यो” पौडेलले भन्नुभयो “अन्यत्र भन्दा मल्लाछमा बढी बसाइँसराई भयो, टाढा–टाढाका गाउँमा समेत अझै मानिसहरु छन्, नगरपालिका नजिकै रहेको हाम्रो गाउँमा मानिस देख्नै मुश्किल पर्दछ, मर्दा पर्दा समेत सघाउने कोही हुँदैनन् ।”

यहाँका स्थानीयहरु चितवन, गैडाकोटा, नवलपरासी लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि गाउँ खाली हुँन मात्रै बाँकी रहेको छ । आगमी एक दशक भित्र गाउँनै खाली हुँने अवस्था छ । धनीहरु पहिलै बसाईसराई गरेर गएपछि बढ्दो बाँझो जग्गाले बाँदर आतंक बढाएपछि गरिबहरु समेत बाध्य भएर बसाइँसराइगर्न थालेका छन् । बसाइँसराइको समस्या जैमिनीको बिनामारे, छिस्ती, जैदी र कुश्मिसेरामा समेत देखा पर्न थालेको छ ।

बसाइँसराइलाई रोक्नका लागि जैमिनी नगरपालिकाले विद्यालयसंग अभिभावकालई जोडेर पढ्दै कमाउदै कार्यक्रम ल्याएको जैमिनी नगरपालिकाका नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । मौलाछ पहिलै देखि बसाइँसराई भएको गाउँ हो, तर अहिले अन्यत्रका गाउँसमेत बसाइँसराइका लागि अगाढी बढेपछि एकिकृत कृषि गर्ने र बाँझो जग्गा सदुपयोग गर्ने ओखर कागती खेती गर्ने लगायतको योजना ल्याएको शर्माले जानकारी दिनुभयो ।

“बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन, तर जैमिनीमा बढी समस्या छ, गाउँमा बसाइँसराइ रोक्नका लागि विकासका लागि धेरै प्रयास गरिरहेका छौं” शर्माले भन्नुभयो “हामीले कालोपत्र सडक पु¥याउने त्यही सडकमार्फत बसाईसरेर बजार झर्ने चलन बन्यो, अहिले विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउदैको अवधारणा ल्याएको छ । नगरपालिकाले जैमिनीको सर्वोदय जनक माध्यामिक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम ल्याएकोमा अभिभावकलाई समेत कार्यक्रममा सहभागिता गराउन थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *