तीन वर्षपछि गलुवाको पहिरो नियन्त्रणको काम

आदर्श अनलाइन, बागलुङ
बागलुङको दक्षिण भेगको मुख्य समस्याका रुपमा रहेको गलुवाको पहिरो नियन्त्रण गर्न थालिएको छ । पहिरोका कारण वर्खामा पटक–पटक सडक अबरुद्ध हुँदा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर सहित बलेवा कुश्मिसेरा सडक अबरुद्ध हुँदै आएपछि तीन वर्षपछि पहिरो नियन्त्रणको काम थालिएको हो ।

तीन वर्ष अघिको पहिलो रोकथामको प्रयास नुहँदा वर्खामा पटक–पटक बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, बरेङ जाने सडक अबरुद्ध हुँदे आएकोमा यस पटक गण्डकी प्रदेश सरकारको रु. ५० लाख बजेटबाट बागलुङ नगरपालिका मार्फत पहिरो रोकथामको काम थालिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

“नगरपालिकाले तीन वर्ष यता वर्खामा सडक खुलाउने काम मात्रै गरेको थियो, पटक–पटक सडक अबरुद्ध हुँदा नगरपालिकाको तीन वटा वडा सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने मुख्य सडकको रुपमा रहेको उक्त सडक अबरुद्ध हुँदा सयौ यात्रु दैनिक अलपत्र पर्दै आएपछि पहिरो रोकथामका लागि गण्डकी प्रदेशले अध्ययन गरेको थियो” खड्काले भन्नुभयो “अध्ययन अनुसार प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि नगरपालिकालाई पठाएको बजेटबाट तत्कालका लागि आवश्यक पर्खाल, ग्याबिन र नाली बनाउन थालिएको छ, अहिले प्रदेश सरकारले बिनियोजन गरेको रु. ५० लाख बजेटबाट पहिरो रोकथामको काम शुरु गरिएको छ, असारको दोस्रो साता सम्म पहिरो रोकथामको काम सकिनेगरी औजार सहित कामदार खटिएका छन् ।”

खड्काका अनुसार पहिरोले ठूलो क्षति बनाएको सडकलाई बिस्तार गरी ग्याबिन जाली भर्ने, नाली निर्माण गर्ने कार्य तीन दिन देखि धमाधम भइरहेको बताउदै दुई हप्ताभित्रै काम सम्पन्न गर्नेगरी पहिरो रोकथामको कामले तिब्रता पाएको छ ।

वर्खा लाग्न थालेपछि उपभोक्ता समिति मार्फत पहिरो नियन्त्रणको काम थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । पहिरो रोकथामका लागि गण्डकी प्रदेश सरकाको भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई चरणमा विज्ञ सहितको समूहलाई अध्ययन गराएको थियो ।

बागलुङ नगरपालिका–१० स्थित गलुवामा ठूलो पहिरो जादा तीन वर्ष अघिमात्रै १०० मिटर सडकको ट्रयाक बगाएको थियो । उक्त ट्रयाक वर्खेपिच्छे बढीरहेको छ । पहिरोले बलेवा कुश्मिसेरा सडकको दुई ठाउँ, कालीगण्डकी करिडोरको एक ठाउ र कालाखोला बगर जाने एक ठाउँ गरी एउटै पहिरोले चार स्थानको सडकको ट्रयाक बगाएपछि हिउँदमा पहिरोबाट गुडिरहेका सवारीसाधन वर्खामा भने ठप्प हुँने गर्दछन् ।

सडकको बैकल्पिक व्यवस्था समेत नहुँदा पहिरो नियन्त्रण गर्न आबश्यक रहेपछि गण्डकी प्रदेश सरकारले गरेको अध्ययनमा पहिरोलाई पुरानै अवस्थामा फर्काउनका लागि रु.१८ करोड खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा जम्मा रु. ५० लाख बजेट बिनियोजन गर्दा पूर्वाधार मन्त्रालय अन्र्तगत काम गर्न नसकेपछि नगरपालिकालाई वित्तिय हस्तान्तरण गरिएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिनुभयो ।

अहिले सडक चौडा पारिएको र ग्याबिन भर्नेकाम धमाधम थालिएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण जिसीले जानकारी दिनुभयो । उहाँले पहिरो बढ्दै गएपछि बस्ती समेत जोखिममा परेकाले नियन्त्रण गर्न थालिएको बताउनुभयो । पहिरो नियन्त्रणका लागि जलस्रोत तथा सिचाई डिभिजन कार्यालय, बागलुङले बिनियोजन गरेको रु. १० लाख बजेटले पहिरोमाथीको नाली व्यवस्थापन गरेर बस्ती र पहिरो दुबैलाई तर्काउने योजना रहेको जिसीको भनाई छ ।

तीन वर्ष अघिको असारमा पहाडै खसेर सडक बगाएपछि बागलुङको दक्षिण भेग वलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल समस्यामा परिरहेको छ । वैकल्पिक ट्रयाक समेत खोल्न नसक्दा सडक सञ्जालमा दक्षिण भेग टुट्दै आएपछि गण्डकी प्रदेश सरकारको पहलमा दुई पटक सम्म पहिरो समाधानका लागि अध्ययन भएको थियो ।

पहिरोको अध्ययनमा मात्रै रु. १३ लाख रकम खर्च भइसकेको छ । दुई हप्ता अघिमात्रै गण्डकी प्रदेश सरकारले बजेट नगरपालिकालाई पठाएपछि पहिरो नियन्त्रणको काम नगरपालिकाले थालेको हो ।

पहिरो बढ्दै जादा गलुवाका ६ घर जोखिममा छन् । तत्कालै अस्थायी समाधान गर्न थालेपनी दीर्घकालिन समाधानका लागि गण्डकी प्रदेश सरकारले डिपिआर अनुसार बजेट व्यवस्थापन गर्नुपर्ने स्थानीयको भनाई छ ।

वर्खालागेपछि सडकको पहिरो पन्छाउने र सडक सुचार गर्न मात्रै नगरपालिकाको लाखौं रकम खर्च गरिसकेको छ । ७५० मिटर लामो र एक सय ५० मिटर चौडा पहिरोले सडक सहित सयौँ रोपनी जमिन बगिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *