करिडोरको मालढुङ्गा–कोरलामा खण्डमा ३४ ठूला पहिरो


अमृत बास्कुने, म्याग्दी

कालीगण्डकी करिडोर सडक आयोजनाको मालढुङ्गा देखि कोरला सम्म २०२ किलोमिटर खण्डमा ३४ वटा ठुला पहिरोहरुले गर्दा आउँदै गरेको वर्षा याममा टाउको दुखाइ बनाएको छ ।

राष्ट्रिय गौरबको अयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको मुख्य खण्डको रुपमा रहेको मालढुङ्गा कोरला खण्डमा रहेका ठूला पहिरोहरुले वर्खामा निकै सताउने कालीगण्डकी करिडोर सडक अयोजनाका प्रमुख ध्रुवकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मालढुङ्गा बेनी १३ किलोमिटर खण्डमा तीन वटा पहिरो रहेको छ । त्यस्तै बेनी–भुरुङतातोपानी खण्डमा १० वटा पहिरोले चार किमि सडक क्षेत्रमा क्षती पुृु¥याउने गर्दछ । तातोपानी–घाँसा खण्डमा १४ वटा पहिरो रहेको एवम् धाँसा–जोामसोम खण्डमा २ र जोमसोम कोरला खण्डमा पाँच वटा ठूला पहिरोहरु रहेको उहाँको भनाई छ ।

कालीगण्डकी करिडोर सडकलाई समयमै सम्पन्न गर्नका लागि पहिरो तथा अन्य कारणले पनि समस्या भएको आयोजना प्रमुख झाको भनाई छ । उहाँका अनुसार कमजोर भौगोलिक अवस्थाका कारण अत्याधिक पहिरोको जोखिम सँगै कालीगण्डकी नदिको कटानले पनि सडक निर्माण सम्पन्न गर्न कठीन भएको हो । त्यस्तै निर्माण व्यवसायीले नदिजन्य सामग्री नपाएको भन्दै काममा गती नदिएको उहाँको भनाई थियो ।

राष्ट्रिय गौरबको आयोजनालाई पहिरोले गर्दा समयमै सक्न समस्या सृजना भएको आयोजना प्रमुख झाको भनाई थियो । वर्षाको समयमा ठुला ३४ स्थानको पहिरोका साथै अन्य सयौं पहिरोले गर्दा निर्माण व्यवसायीले निर्माण सम्पन्न गरिसकेको कार्य पनि क्षति हुँदा प्रगति नदेखिने समस्या भएको उहाँको भनाई थियो ।

आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ सहितको टोली सँग बेनीमा भएका अन्तरक्रियामा सडक निर्माण सम्पन्न गर्नका लागि चुनौतीहरु देखिएको सरोकारवालाले बताएका थिए । कालीगण्डकी नदिबाट नदीजन्य पदार्थ उत्खनन् गर्न सर्वोच्च अदालतले रोक लगाएको भए पनि आफू कालीगण्डकी करिडोरको स्थलगत अनुगमनमा आउँदा कालीगण्डकीमा डोजरै छिरेर उत्खनन गरेको देखेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । निर्माण व्यवसायीले आफूहरुले नदिजन्य पदार्थ नपाएको भन्ने प्रश्नको जवाफमा उहाँले कालीगण्डकीबाटै निकाल्ने भन्ने सम्झौता नभएको हुनाले त्यो प्रकारको तर्क गर्न नहुने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले निर्माण व्यवसायीले नदिजन्य पदार्थ नपाएको गुनासो मात्रै गरेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो–‘निर्माण व्यवसायीले राखेको मोबाइल क्रसरबाट गिटिबालुवा अरुलाई बिक्रि गर्ने तर निर्माणका लागि सामग्री पाइन भन्नु हुँदैन ।’ जिल्ला समन्वय समितिले नै गिटिबालुवा सहितको साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरेको हुनाले निर्माण सामग्री पाइन भन्ने तर्क गर्न नहुने बताउनुभयो । बिक्री गर्नका लागि गिटि बालुवा हुने तर सडक निर्माण जस्तो आफ्नो जिम्मेवारीको काम गर्न पाइन भन्नु मिल्ने कुरा नभएको उहाँको भनाई थियो ।

गण्डकी प्रदेससभा सदस्य तथा पूर्व मन्त्री रेशम जुगजालीले निर्माण व्यवासयीले नियतवस समयावधी बढाउने गरेको आरोप लगाउनु भयो । निर्माणा व्यवसायीले मोबाइल क्रसर स्थापना गर्न पाउने भएकोले पनि काम सम्पन्न गरेपछि क्रसरबाट उत्पादन हुन सामग्री बेच्ने लगायतका काम गर्न पनाउने भएकोले कामको गति कम गर्दा क्रसरबाट फाइदा लिन पाउने भएकाले पनि बदनियत गर्ने गरेको उहाँको भनाई थियो ।

कालीगण्डकी करिडोर सडक आयोजनाको स्थलगत निरीक्षणका लागि आएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ सहितको टोलीले सोमबार मुस्ताङको जोमसोम–कोरला खण्डको स्थलगत निरीक्षण गरी रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *