गलकोटको प्राथमिकता कृषि, स्वास्थ्य र स्वरोजगार


आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिकाले कृषि, स्वास्थ्य र स्वरोजगारीलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बिहीबार आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा नागरिकलाई रोजगारीसंग जोड्ने खालका कार्यक्रम, नगरपालिकाले कृषि, स्वास्थ्य, रोजगारी लगायतको विषयलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

उहाँले माछा मार्नका लागि इजाजत लिनुपर्ने र माछाबाटै रोजगारी सृजना गर्ने, गलकोट नगर अस्पताललाई प्रभावकारी बनाउन बिशेषज्ञ सेवा बिस्तार गरिने, टाढाबाट स्वास्थ्य संस्थामा आउनुपर्नेहरुका लागि सुत्केरी प्रतिक्षाघर बनाएर संचालनमा ल्याइने, कृषिसँग युवा कार्यक्रम सञ्चालन गरिने, गलकोट नगरपालिकालाई दुध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउदै लगिने नीति तथा कार्यक्रम सार्वजनिक सर्वाजनिक गरेको छ ।

नगरपालिकाले मुटु रोग सहितका नसर्ने रोगको नियमित शिविर संचालन गर्ने, हृदयाघातको उपचार व्यवस्था गर्ने छ, बिपन्न नागरिकको उपचारमा नगरपालिकाले उपचार कोष स्थापना गर्ने, मुर्तिकला कार्यशाला, ऐतिहासिक कोतघर र घुम्टे लेकलाई पर्यटकीय गन्तव्य बनाउने, कृषि उत्पादनमा आधारित अनुदान दिने, किसानको उत्पादनको बजारीकरणमा नगरले अपनत्व लिने व्यवस्था गरिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

“भौतिक पूर्वाधार नियमित विकास हो, त्यसको अलवा दरमखोलाको असलामाछा ब्राण्डीङ गर्ने, फोहोरलाई दीगो व्यवस्थापन गर्ने, मौरी विकास कार्यक्रम लागू गर्ने लगायतका कृषि, पर्यटन, स्वास्थ्यलाई प्राथमिकतामा राखेरा नीति तथा कार्यक्रम सार्वजनिक गरेकाछौं” नगरप्रमुख गैरैले भन्नुभयो “युवालाई रोजगारसंग जोड्न सक्ने, मागका आधारमा कार्यक्रम निर्माण गर्ने, अर्गानिक कृषि उपजलाई जोड दिने लगायतका कार्यक्रम सार्वजनिक गरेका छौं ।”

नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम, उद्यमशीलता विकास तालिममा एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, पीछडिएको वर्ग र क्षेत्रका समूदायलाई विशेष प्राथमिकता, परम्परागत पेशालाई प्रविधिमैत्री बनाइने नगरपालिकाले जनाएको छ ।

गलकोट नगरपालिका भित्र रहेका पर्यटकीय धरोहरहरु जस्तै घुम्टेको लेक, सहस्रधारा झरना, रमुवा, निलुवा, थालेपोखरा, कालीलेक, राम्चे ढुङ्गा, सिद्धथान, उदय वुद्धविहार, शिवधुरी, गाजाधुरी आदिको विकास र प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गरिने छ ।

नगरपालिकाको रमुवा, पाण्डवखानी, निलुवा लगायत विभिन्न स्थानमा आयोजना हुने मह शिकार कार्यक्रमलाई पर्यटनसँग जोडेर सञ्चालन गर्नको लागि प्रोत्साहन गरिने नगरप्रमुख गैरेले बताउनुभयो ।

नगर क्षेत्रका सार्वजनिक स्थल जस्तै नदी, खोला, ताल, पोखरी ,पार्क, सडक, खेल मैदान लगायतका ठाउँहरुमा फोहोर गर्नेलाई कानूनी दायरामा ल्याइने छ । ‘मेरो फोहोर, मेरो जिम्मेवारी’ अभियान संचालन गरी घरबाट निस्किने फोहोरलाई वर्गीकरण गर्न नगरबासीलाई प्रोत्साहन गरिने गलकोट नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *