‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ भन्ने नीति तथा कार्यक्रम अघि सारेको छ । काठेखोला गाउँपालिकाको १५ गाउँसभामा शुक्रबार गाउँपालिका अध्यक्ष राजु थापाले आर्थिक बर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्रथामिकता राखेर प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा स्थानीय श्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्वारा नागरिकहरुले आर्थिक, सामाजिक स्तरमा वृद्धि गर्दै समृद्ध, समातामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक विकासको लागि कृषि पकेट पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
तरकारी मिनिकिट अनुदान, कृषि तथा पशु उद्यमशिलता विकास परियोजना, तरकारी मिनिकिट अनुदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

काठेखोला गाउँपालिकाले गोरु पाल्ने कृषकलाई प्रात्साहन गर्ने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो ।

कार्यक्रम अन्तरगत स्थान्नीय गोरु संरक्षणको लागि अनुदान दिइनेछ भने हरेक वडामा वडा स्तरीय भेटेरेनरी माइनर ल्याब स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाले आफ्नो नीति तथा कार्यक्रममा पालिकामा काठेखोला कोशेली घर सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । पालिका भित्र उत्पादन हुने सिन्की, भाँगो, हँसिया, कोदाली, हस्तकलाका सामाग्रीका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामाग्रीहरु संकलन गरि बजारीकरण गर्ने उद्धेश्यले काठेखोला कोशेली घर सञ्चालन गरिने उल्लेख गरिएको छ ।

त्यस्तै पालिका भित्र रहेका खानि उत्खननका लागि अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरि श्रोत जुटाउन आवश्यक पहल गरिने उल्लेख गरिएको छ । काठेखोला गाउँपालिका वडा न. १ मा हाट बजार स्थापना गरिने उल्लेख गरिएको छ ।
पालिकामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारहरुलाई थप व्यवस्थित गरि गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

गाउँपालिकाले नगर प्रहरी राख्ने समेत तयारी गरेको छ । त्यसको लागि काठेखोला गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्था गर्न बनेको बिधेयक गाउँसभामा पेश गरिएको छ ।

विधेयकमा पालिका भित्रको निजी तथा सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षणको लागि नगर प्रहरी राख्ने उल्लेख गरिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक वृहस्पति शर्माले टेबल गरेको विधेयकमा उल्लेख भए बमोजिम सुरुमा एक जना नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी हवल्दार र नगर प्रहरी सिपाई (जवान) रहनेछन् ।

आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले काठेखोला गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गर्नुभएको थियो । सामाजिक विकास समितिका संयोजक खडक थापाले खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *