काठेखोला गाउँपालिकाको बजेट रु. ५८ करोड ७७ लाख


आदर्श अनलाइन, बागलुङ

बागलुङको काठेखोला गाउँपालिकाले रु. ५८ करोड ७७ लाख २३ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले सोमबार पूर्वाधार, सामाजिक विकास वन तथा वातावरण, शिक्षा, पर्यटन र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले कुल बजेटको रु.३८ करोड २० लाख चालु र रु.२० करोड ५७ लाख पूजीगत बजेट सार्वजनिक गर्नुभएको हो ।

संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान रु. ९ करोड ९९ लाख, संघीय ससरकारको ससर्त अनुदान रु. ३० करोड १८ लाख, विशेष अनुदान रु. २ करोेड, संघीय समपुरक अनुदान रु. १ करोड, संघीय सरकार राजश्व बाँडफाड रु. ९ करोड ३ लाख, गण्डकी प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु. एक करोड २९ लाख ६९ हजार, गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँड अनुदान रु. ६५ लाख ७७ हजार, गाउँपालिकाको आन्तकिर आय रु. ७७ लाख, गण्डकी प्रदेश विशेष तथा समपुरक अनुदान रु. १ करोड, संचित कोष रु. २ करोड ७९ लाख र अन्य आम्दानी रु. ५ लाख अनुमन गरी रु. ५८ करोड ७७ लाखको बजेट सार्वजनिक गरेको छ ।

बजेटमा पूर्वाधार विकास तर्फ रु. ८ करोड ९ लाख, सामाजिक विकास तर्फ रु. ३ कारेड ४० लाख, आर्थिक विकास तर्फ रु. एक करोड ४० लाख, सार्वजनिक सेवा तथा क्षमता विकासमा रु. ४० लाख, वन, वातावरण तथा विपद्मा रु. ४० लाख, रेशको आधारभूत अस्पताल निर्माणमा रु. २ करोड, बिहुँ सुल्डाडा अछेते लेखानी सडकमा रु. १ करोड बिनियोजन गरिएको छ । यस्तै लेखानी स्वास्थ्य चौकी पूर्वाधार निर्माणमा रु. ४० लाख र वडागत विकासका लागि रु. ३ करोड ७० लाख बिनियोजन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *