कुरीति तथा अपराध नियन्त्रणका लागि विद्यार्थीसँग अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
समुदायमा रहेका सामाजिक कुरीति तथा अपराध नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र समाजिक विकास कार्यालय बागलुङले काठेखोला गाउँपालिका–४ तंग्रामा विद्यार्थीसँग अन्तरक्रिया गरेको छ । तंग्राममा रहेको धारामा माध्यमिक विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया गरेको हो ।

May be an image of 4 people, temple, dais and text

समाजमा अपराधिक गतिविधि बढ्दै गएपछि विद्यार्थीलाई सचेत बनाउनका निम्ति उक्त कार्यक्र गरिएको बताइएको छ । काठेखोला गाउँपालिकाको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले पछिल्लो समय बाल विवाह बढ्दै गएको हुँदा विद्यार्थीलाई सचेत बनाउने खालका कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो ।

May be an image of 8 people and text

पूर्वधार मात्रै विकास नभएको भन्दै नागरिकको चेतना अभिवृद्धि गर्न तर्फ राज्यले लगानी गर्नु पर्ने थापाले बताउनुभयो । अहिले पनि धेरैलाई कानुनी ज्ञान नहुँदा गाउँ समाजमा विकृति विसंगति र अपराधजन्य क्रियाकला हुने गरेको उहाँको भनाइ छ । स्थानीय सरकारले हरेक नागरिकलाई कानुनी ज्ञान, हक, अधिकार र कर्तव्यका बारेमा जागृत गराउनु पर्नेमा थापाले जोड दिनुभयो ।

May be an image of 5 people, people studying and text


बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कार्यपत्र प्रस्तुत गर्दै विद्यार्थी समाज रुपान्तरणको संवाहक भएको बताउनुभयो । विद्यार्थी सचेत भए समाज परिवर्तन हुने हुँदा कुरीति तथा अपराध नियन्त्रणका लागि कार्यक्रम गर्न थालिएको बताउनुभयो ।

अब विद्यालय–विद्यालयमा पुगेर यस्ता खालका कार्यक्रम गर्नु पर्ने उहाँ बताउनुहुन्छ ।काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पालिकाले शैक्षिक गुणस्तर सुधारसँग विद्यार्थीलाई समाजप्रति चासो र चिन्तन राख्न प्रेरित गर्ने खालका कार्यक्रम गरि रहेको बताउनुभयो । विद्यार्थीलाई सचेत बनाए मात्रै समाजमा सकरात्मक परिवर्तन हुने हुँदा काठेखोलाले विद्यार्थी केन्द्रित कार्यक्रम गर्न थालेको उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादव, सामाजिक विकास कार्यालय बागलुङका निमित्त प्रमुख कृष्णहरि आचार्य लगायतले बोल्नु भएको थियो । कार्यक्रम काठोखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनको स्वागत र रश्मी गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *