छोरीको जन्मदर्ता गर्दा २५ सयको मुद्दती खाता

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्र्तगत आगमी वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु. दुई हजार ५०० को मुद्दती खाता उपहार दिने भएको छ ।

नगरपालिकाले छोरीको सम्मान र उज्जवल आर्थिक भविश्यका लागि जन्मदर्ता गरेपछि मुद्दती खातामा नगरपालिकाको तर्फबाट रु. दुई हजार ५०० जम्मा गर्ने नीति, कार्यक्रम बजेट सार्वजनिक गरेको नगरउपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकरात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रवृतिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याएको शर्माको भनाई छ ।

उहाँले आगमी आर्थिक वर्षमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउदा मुद्दती खाता खोलेर रु. २ हजार ५०० जम्मा नगरले गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्ष अनुसार जम्मा गर्न आग्रह गर्ने बताउनुभयो ।

“छोरीको उज्जव आर्थिक भविश्यका लागि बचत अनिवार्य छ, बचतको महत्व समेत अभिभावकलाई गराउने हाम्रो अभियान हो, अहिलेको दुई हजार ५०० भविश्यमा ठूलो रकम बन्नेछ” नगर उपप्रमुख शर्माले भन्नुभयो “नगरपालिकाले साउनमै कार्यविधि निर्माण गरेर कार्यान्वयमा जान्छ, एक वर्ष भित्र नगरपालिकामा जन्मेका छोरीहरुको जन्मदर्ताका आधारमा रु. २ हजार ५०० का दरले जम्मा गर्नका लागि बजेट समेत बिनियोजन गरेका छौं ।”

बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्ता समेत अनिवार्य रहेको भन्दै मुद्दती खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेताना बाहिर ल्याउने नगरपालिकाको भनाई छ ।

जैमिनी नगरपालिकामा जनसंख्या घट्दो समेत रहेकाले जनसंख्या वृद्धिका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याउनेगरी नीति बनाइरहेको छ । नगरपालिकाले बसाईसराई रोक्नका लागि उत्पादनमा हैन विक्रिका आधारमा अनुदान दिने कार्यक्रममा बजेट बढाएको र कुश्मिसेरालाई केरा पकेट क्षेत्रको रुपमा विकास गर्न ‘सेरा जाउ, केरा खाउ’ भन्ने कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि उक्त कार्यक्रमका लागि रु. १२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र केराको प्रचार गर्ने लक्ष राखेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । यस्तै दूधको विक्रिका आधारमा प्रतिलिटर एक रुपैया अनुदान दिदै आएको नगरपालिकाले आगमी वर्ष प्रति लिटर तीन रुपैया अनुदान दिने भएको छ ।

सिस्नोको पाउडरको बजारीकरण, दूधमा अनुदान, केरा पकटे जस्ता कृषिका लोकप्रिय कार्यक्रमलाई बजेटले सम्बोधन गरेको नगर प्रमुख नरबहादुर पुनले बताउनुभयो । नगर भित्रका सबै विपन्न विद्यार्थीलाई लिड विद्यालयका रुपमा रहेको सर्वोदय जनक माध्यामिक विद्यालयमा आवसीय सुविधा सहित अध्यापन गराउने र अभिभावकलाई पढ्दै कमाउदै कार्यक्रमसंग जोड्ने जैमिनी नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *