महालेखाको प्रतिवेदनमा गलत र भ्रामक प्रचार नगरौं : गलकोट नगरपालिका

आदर्श अनलाइन, बागलुङ

गलकोट नगरपालिकाले महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा आएका सुझावका विषयमा गलत र भ्रामक प्रचार नगर्न आग्रह गरेको छ । नगरपालिकामा खाजा र खानाको विषयमा पछिल्लो समयमा सामाजिक सञ्चालमा व्यापक गुनासो र टिप्पणी आए पश्चात बुधबार पत्रकार सम्मेलन गरी प्रतिवेदनमा उल्लेखित विषयलाई गलत अर्थ नलगाउन नगरपालिकाले ध्यानकर्षण गराएको छ ।

नगरपालिकाले काम गर्ने क्रममा हुन सक्ने प्रक्रियागत त्रृटि, फरक मापदण्डको अनुसरण लगायतका विषयमा महालेखाले बेरुजु तथा सुझाव पेश गरेता पनि यसलाई सम्परिक्षण गरिने बताएको छ । महालेखाले बेरुजु लेख्दैमा यो भ्रष्टचार भयो भनेर गलत प्रचार गर्नु गतल प्रक्रिया भएको र यसलाई सामाजिक सञ्चालमा अतिरञ्ति गराएको कुरामा नगरपालिकाको ध्यानकर्षण भएको जनाएको हो ।

‘बेरुजु आउनु भनेको भ्रष्टचार र अनियमितता गरेको भन्ने हैन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थम्मनसिंह गौतमले भने,—हामीले जुन शिर्षकमा बेरुजु देखिएको छ त्यसलाई पुन रुजु गरेर सम्परिक्षणका निम्ती पठाउने छौं । बेरुजु देखिएका अधिकाशं सैद्धान्तिक नै छन यसलाई महालेखाले पनि सच्चाउने छ ।’महालेखाको प्रतिवेदनमा खाजा खाना र अनुगमन तथा भ्रमण लगायतका शिर्षकमा बेरुजु देखिएपछि यस विषयमा स्थानिय नागरिकले चासो राखेका थिए ।

नागरिकले बारम्बार खबरदारी राखेपछि नगरपालिकाले महालेखाको प्रतिवेदन प्रति थप प्रष्ट पारेको नगरपालिकाका प्रवत्ता हिमबहादुर भण्डारी हेमन्तले जानकारी दिए । भण्डारीले एक प्रेस नोट जारी गर्दै नगरपालिका भ्रष्ट्रचार विरुद्धको शुन्य सहनसिलताको नितिलाई बार्षिक निति तथा कार्यक्रममा समावेश गरी जनता प्रति पुर्ण प्रतिवद्ध रहेको हुँदा नागरिकले देख्ने सुन्ने र अनुभुती गर्ने गरी काम गरेको बताए ।

उनले महालेखाको प्रतिवेदनमा खाना खाजा खर्च, अनुगमन मूल्याङ्कन भ्रमण खर्च, थालेपोखरा लालिगुराँस क्रिकेट स्टेडियम, कोरोनामा राहत हस्तान्तरण, मामा किचन एण्ड काठमाडौं झोल मम, सवारी साधन तथा मेशिनरी औजार मर्मत सम्भार तथा सञ्चालन खर्च, ईन्धन कार्यालय प्रयोजन, औषधि खरिद, फोहोर व्यवस्थापन खर्च, कार्यालय सार्ने बेलाको खर्च, बालमैत्री नगर घोषणाको बेला भएको खर्चबारे प्रस्ट पारेका थिए । स्वास्थ्य शिविर संचालनका लागि खर्च भएको १ लख ३ हजार रमुवा रिघा र पाण्डवखानीमा संचालन गर्दा रहेको उनले जानकारी दिए ।

त्यसैगरी वडा कार्यालय संचालनका लागि भएको खर्च, जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा संचालन भएको राष्ट्रिय परिचय पत्रको शिविर खर्च, नगरपालिकाको विभिन्न बैठक तथा सभामा भएको खर्च रहेको बताए । त्यसैगरी अनुगमन तथा मुल्याङ्कन र भ्रमण खर्चमा भ्रमण नियमावली २०६४को मापदण्ड र दरमा भएको साथै विभिन्न योजनाहरु अनुगमन गर्दा खर्च भएको उल्लेख गरिएको छ । थालेपोखरा लालीगुराँस क्रिकेट स्टेडियमको सम्भाव्यता अध्ययनको लागि गरिएको खर्चमा २ लाख ९७ हजार १९० खर्च भएको कोरानाको राहत हस्तान्तरण कार्यक्रममा सवै वडाका ४९५ जनालाई १० हजार रुपैयाक दरले राहत प्रदान गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

नगरपालिकाको बेरुजुमा देखिएको माका किचन एण्ड काठमाण्डौंको झोल म।म।मा महालेखा परिक्षकको कार्यालयले भौचर नं। मिति खुलाएर बेरुजु लेख्नु पर्नेमा नखुलाई बेरुजु औल्याएको र यस फर्मको नाममा कार्यालयबाट भुक्तानी नभएको तर मलेपले भुलबस अन्य पालिकाको बेरुजु लेख्दा गलकोट नगरपालिकाको परेको हुँदा यसलाई सम्परिक्षण्का लागि पेश गरिएको र प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको सवारी साधान तथा मेशिनरी औजार मर्मत सम्भार तथा संचालन खर्चलाई मितव्ययिता बनाउन खोज्दा खोज्दै पनि मेशिनरी औजार मर्मतमा ३ लाख ३२ हजार ८२० र सवारी साधान मर्मतमा १७ लाख ५ हजार ८०३ रुपैयाँ खर्च भएकोमा यसलाई पनि सम्परिक्षणका निम्ती पठाएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले नगरपालिकामा भएको बेरुजु सैद्धान्तिक होकी अन्य, परिचय पत्र सुचिकरण शिविरको लागि जिल्ला प्रशासनबाट नै बजेट विनियोजन हुने र नगरपालिका संग सहकार्यमा भएको होकी होईन, भ्रष्टाचार भयो अनियमिता भयो भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भईरहेको र नागरीकमा बेरुजुको परिभाषा बुझाउन नगरपालिकाले नसकेको कि, झोल मम शिर्षक मलेपले कसरी राख्यो र यसमा मलेपको त्रुटी कसरी हुन पुग्यो, ईन्धन खर्च अलि मितव्ययिता नभएको होकी लगायतका विभिन्न प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख प्रशासकिय अधिकृत थम्मनसिंह गौतम, लेखा अधिकृत कृष्ण प्रसाद खरालले दिएका थिए ।

कार्यक्रममा नगरप्रमुख गैरेले नगरपालिकामा आएको बेरुजु प्रति नकरात्मक टिकाटिप्पणी गर्नु भन्दा पहिले वास्तविकता बुझनका निम्ती सवैलाई आग्रह गरेका थिए । कार्यक्रम प्रशासकीय अधिकृत तुल बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *