गलकोटमा पहिरो श्रीमतीको शव फेला, श्रीमानको खोजीकार्य जारी


आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौना पहिरोले घर पर्दा दुई जनालाई पुरेको छ । पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ भने एक जनाको खोजी कार्य भइरहेको छ ।
घरमाथीबाट आएको पहिरोले घरसहित दुई जना श्रीमन श्रीमतीलाई पुरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार पुरिएको स्थानबाट ५० बर्षीया श्रीमती बसन्ती बिकको शव निकालिएको जानकारी दिनुभयो । यस्तै श्रीमान ५५ बर्षिय प्रेम बिकको खोजी कार्यका लागि प्रहरी तैनाथ गरिएको छ ।

हिजोदेखि परेको भीषण बर्षापछि उनको घरमाथीबाट पहिरो आएर पुरेको हो । घटनास्थलमा प्रहरी पुगेर पुरीएको स्थानमा खोजीकार्य भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *