गलकोट पहिरो अपडेट : पुरिएको घरबाट श्रीमान श्रीमतीकै शव झिकियो


आदर्श अनलाइन, बागलुङ
बागलुङमा पहिरोले घर पुरिदा वेपत्ता श्रीमान श्रीमतीको उद्दार गरी शव निकालिएको छ ।
पहिरोमा वेपत्ता श्रीमतीको शव फेला पारेको प्रहरीले पुन श्रीमानको समेत उद्दार तथा खोजीकार्यपछि शव फेला परेको जानकारी दिएको छ ।

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकलाई पहिरोले पुरेको थियो । प्रहरीले पहिरोले पुरिएका श्रीमान श्रीमतीको उद्दार तथा खोजी गरेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिविर घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।गए रातिको भारी वर्षाका कारण घरमाथीबाट खसेको पहिरोले घर पुरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *