धवलागिरि बहुमुखी क्याम्पसले पायो ‘क्यूएए’ मान्यता

आदर्श अनलाइन, बागलुङ

बागलुङको धवलागिरि बहुमुखी क्याम्पसले स्थापनाको ६२ वर्षमा गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मान्यता प्राप्त गरेको छ । धौलागिरि क्षेत्रकै शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मान्यता प्राप्त गरेसंगै क्याम्पस अन्तर्राष्ट्रिय मान्यताको शैक्षिक गुणस्तर प्राप्त गरेको छ ।

विश्व विद्यालय अनुदान आयोगले धवलागिरि क्याम्पसको शैक्षिक गुणस्तर अध्ययन पश्चात मुल्याङ्कनका आधारमा क्यूएए मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गरेको धवलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डा. दिन बहादुर थापाले जानकारी दिनुभयो ।

विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रध्यापक डा. देवराज अधिकारीले धवलागिरि क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डा. दिन बहादुर थापालाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मान्यता प्राप्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

विश्वबजारमा शैक्षिक गुणस्तरको मान्यता प्राप्त गर्नका लागि धवलागिरि बहुमुखी क्यामपसले लामो समयदेखि प्रयासरत रहेपनि अहिले आएर सफलता हासिल गरेको थापाको भनाई छ । (क्यूएए) मान्यता संगै विश्व शैक्षिक बजारमा धवलागिरि बहुमुखी क्याम्पसको सर्टिफिकेटले मान्यता प्राप्त गरेको छ ।

धवलागिरि बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर अन्तराष्ट्रिय गुणस्तर मापदण्ड अनुसार रहेकाले क्याम्पस प्रति विद्यार्थीको थप आकर्षण बढ्ने धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रध्यापक डा. राम प्रसाद उपाध्यायले बताउनुभयो ।

भित्रुवन विश्व विद्यालय अन्र्तगत रहेको क्याम्पसले अन्तराष्ट्रिय रुपमा क्याम्पसको सर्टिफिकेटको मान्यता रहनेछ । क्यूएए) मान्यता प्राप्त संगै यहाँ अध्ययन गरेका विद्यार्थीहरुले प्रतिस्प्रर्धाका आधारमा अन्तराष्ट्रिय छात्रवृति समेत पाउन सक्नेछन् । उच्च शिक्षाका लागि (क्यूएए) मान्यता राज्यले समेत अनिवार्य बनाउदै लगेको छ ।

वि.स. २०१९ सालमा स्थापना भएको धवलागिरि बुहमुखी क्याम्पसमा हाल व्यवस्थापन, शिक्षाशास्त्र, मानविकीसंकाय स्नातकोत्तर तहसम्मको पढाई हुँनेगर्दछ भने विज्ञान तथा प्रविधि सम्बन्धी स्नातक, बिबिए कार्यक्रम सन्चालित छन् ।

विश्व विद्यालय अनुदान आयोगले (क्यूएए) मान्यता दिएसंगै धवलागिरि बहुमुखी क्याम्पसलाई नयाँ कार्यक्रम र आर्थिक अनुदान समेत दिने क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । धवलागिरि बहुमुखी क्याम्पसमा हाल दुई हजार २०० विद्यार्थी रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *