बागलुङ पुर्ण खोप सुनिश्चितता


सुजन रेग्मी, बागलुङ

बागलुङ जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । पाच वर्षमुनिका १७ हजार २ सय ४६ बालबालिकाले आवश्यक सबै खोप पाएपछि बागलुङलाई घोषणा गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको थियो । बागलुङका जन्मेदेखि १५ महिनासम्मका ४ हजार १ सय ९० र १६ महिना देखि ५९ महिनासम्मका १३ हजार ५६ बालबालिकाले आवश्यक खोप पाएको घोषणा गरिएको स्वास्थ्यक ार्यालय बागलुङले जनाएको छ ।



पूर्ण खोप सुनिश्चित बनाएर दिगोपनाको रुपमा पनि लगेकोले मन्त्री थापा र स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु थापाले संयुक्त रुपमा जिल्ला खोप समन्वय समितिसहित ४ नगरपालिका र ६ गाउँपालिकालाई प्रमाणपत्र पनि प्रदान गर्नभएको हो । यो अभियानले बाल तथा मातृ मृत्युदर घटाउने विश्वास गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।

समितिको निर्देशनमा जिल्लाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि समेतले ८५ वटै वडाका सबै घरधुरीमा सर्भेक्षण गरेर कोही पनि बालबालिका खोप लगाउनबाट बञ्चित नभएको प्रमाणित भएपछि मात्रै यो घोषणा गरिएको आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार बिफर उन्मुलन भैसकेकोमा धनुष्टंकार, जापानिज इन्सेफ्लाइटिस, हेपाटाइटिसलगायतका रोग निवारण भएको, पोलियो शून्यमा झरेको र दादुरा तथा रुबेला रोग पनि नियन्त्रणमा आएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार संविधानको धारा ३५ र स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानूनी व्यवस्था गरेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि बर्षेनी कोही नछुट्ने गरी काम भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेशमै स्वास्थ्यको सूचक बलियो बन्दै गएको बताउनुभएको छ । उहाँले यी सूचकलाई निरन्तरता दिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *