दर्जन घर पहिरोको उच्च जोखिममा, आधा दर्जन परिवार विस्थापित

डम्मर बुढा मगर, बागलुङ
निरन्तर वर्षाका कारण बागलुङमा एक दर्शन घर पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–६ को सुल्डाँडादेखि वडा नम्बर ८ लेखानी जाने सडकमा चक्ल्याउने क्रममा लगाइएको पर्खाल र जमिन भासिँदा तीन परिवार विस्थापित भइ सकेका छन् भने अन्य नौ घर पहिरोको जोखिममा परेका हुन् ।

सुल्डाँडादेखि लेखानीसम्मको सडक खण्डमा धेरै ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका हुन् । उनीहरुको परिवारलाई भीमसेन क्याम्पसमा सारिएको वडा अध्यक्ष बृहस्पति कँडेलले जानकारी दिनुभयो ।

पहिरोले कँडेलको गोठ पुरिएपछि वस्तुभाउ छिमेकीको कोठमा सारिएको उहाँको भनाइ छ । विस्थापित मध्ये कृष्ण कँडेलको परिवार सुरक्षित स्थानमा रहेको पुरानो घरमा सारिएको अध्यक्ष कँडेल बताउनुहुन्छ । सोही ठाउँको टापुका ११ घर पनि जोखिममा रहेका छन् ।

उहाँले भन्नुभयो – “पहिरोले सिंगो बस्तीनै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भिमशेन क्यामपस लगायत सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घरहरु पहिरोको उच्च जोखिममा परेका छन्, पहिरो रोकिएको छैन, अहिले पनि खसिरहेको अवस्था छ, मानयवीय क्षति रोक्न हामीहरु लागि रहेका छौ ।”

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउनका लागि मेसिनको प्रयोग गरेर पहिरो हटाई रहेको बताउनुभयो । निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरि रहेको उहाँको भनाइ छ । विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बस्ने बासको व्यवस्थापन गरेको अध्यक्ष थापा बताउनुहुन्छ ।

“वर्षा रोकिएको छैन, पहिरो पनि निरन्नतर खसिरहेको हुँदा धेरै घर जोखिममा छन्, अहिले हामीहरु फिल्डमै छौँ, पहिरो पन्छाएर बस्ती जोगाउने प्रयास गरि रहेका छौँ, वर्षा नरोकिदा अझै जोखिम बढ्ने संभावना छ,” अध्यक्ष थापाले भन्नुभयो – “घरमा बस्न जोखिम भएपछि केही छिमेकीको घरमा आश्रय लिनछन्, केहीलाई सुरक्षित स्थाना खोजेर राख्न थालेका छौँ ।”

पहिलोले वडा नम्बर ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार विस्थापित भएका छन् । यस पनि दर्जन घर जोखिममा छन् । दुइ सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल पनि जोखिममा परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *