ट्रयाक बगाएपछि तीन दिन देखि कालीगण्डकी करिडोर बन्द


खेमराज गौतम, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिन देखि ठप्प छ । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको थियो । तीन ठाउँमा सडकमाथीबाट पहिरो खसेको छ भने ठाउँमा सडकको ट्रयाकै बगाएको छ ।

शनिबार बिहानै देखि अबरुद्ध सडक सोमबारसम्म दिउँसो सम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

करिडोर सडक बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा सडकको ट्रयाकनै बगेकाले सडक खुल्ल समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खुड्काले बताउनुभयो ।

“करिडोरको सडक कालोपत्रको जिम्मा पाएको बिडारी कन्ट्रक्सनलाई भनेका छौं, पहिरो पन्छाएर मात्रै सडक खोल्न सकिदैन, ग्याबिन उठाएपछि मात्रै सडक सुचार हुन्छ” खड्काले भन्नुभयो “सोमबारबाट ग्याबिन भर्न थाले दुई दिन भित्र काम सकिएला, त्यस लगत्तै सडक सुचारु हुन्छ ।”
करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा सडक माथीबाट खसेको पहिरोले सडक पूर्ण रुपमा बन्द रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *