प्रबिधिसँग जोडिदै बागलुङ प्रहरी

डम्मर बुढा मगर, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलको कार्यकक्षमा एउटा ठूलो डिसप्लेसहितको टिभी छ । साथमा एउटा ल्यापटब र मोबाइलफोन पनि । उहाँ जब कार्यालय प्रवेश गनुहुन्छ, तब थाल्नुहुन्छ ल्यावटबमा घोत्लिन । उहाँले ह्वाटसएप, गुगल म्यापसहित विभिन्न किसिमका एपहरु प्रयोग गरेर जिल्लाको अवस्था बारेमा प्रहरी युनिटसँग जानकारी लिननुहुन्छ ।

२८ वटा प्रहरी युनिट रहेको बागलुङमा एकै समयमा एकै प्रकारको सूचना सबै तिर पठाउँछन् र एक मिनेटमै जिल्लाको अवस्था बुझ्नुहुन्छ । कतै विपद् परेको खण्डमा तुरुन्तै प्रहरी परिचालन गरि हाल्नुहुन्छ । यसभन्दा अगाडि जिल्लाभरको सूचना पाउन चार÷पाँच घण्टा कुर्नु पर्ने बाध्यता थियो । तर अहिले त्यो अवस्था हटेको छ ।

अहिले वर्षा याम चलि रहेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ह्वाटसएपमा पोल राखी जिल्लाका सबै प्रहरी युनिटमा पठाउने गर्छ । त्यसबाट सबै प्रहरी युनिटले एकै मिनेटमा जिल्लाको मौसम जानकारी गराउँछन् । मौसमको अवस्था जानकारी लिएपछि प्रहरी उपरीक्षक कँडेलले सतर्कता अपनाउनका आग्रह गर्नुहुन्छ ।

जसले घटनाबाट जोगिन मद्दत पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुक पेजमार्फत पनि नागरिकलाई सचेत गराएको हुन्छ । प्रहरी उपरीक्षक कँडेलले कार्यकक्षबाटै प्रहरी परिचालन गर्ने र कर्मचारी कहाँ, के गर्दै छ भन्ने पनि सहजै जानकारी लिनुहुन्छ ।

सूचना प्रबिधिको प्रययोगमार्फत आफ्नो कामलाई प्रभावकारी बनाउन थालेको बागलुङ प्रहरीले गुगल म्यापमार्फत घटनास्थल के कति टाढा छ बन्ने बारे पनि सहजै जानकारी लिदै आउनु भएको छ । सबै प्रहरी युनिटलाई ह्वाटसएप जोडेर शान्ति सुरक्षालाईसमेत प्रभावकारी बनाएको छ ।

प्रहरी उपरीक्षक कँडेलले हरेक दिन विहान र साँझा जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटबाट जिल्लाको अवस्थाका बारेमा जानकारी लिने गरेको प्रहरी उपरीक्षक कँडेल बताउनुहुन्छ । प्रबिधिको प्रयोग नगरे पछाडि परिने र नागरिकले छिटो सेवा पाउन नसक्ने भन्दै सबै प्रहरी युनिटलाई यस सम्बन्धि ज्ञान दिइरहेको उहाँको भनाइ छ ।

“प्रहरीको क्रियाकलापलाई प्रबिधिसँग जोड्नु पर्छ, यदि हामीहरु प्रबिधिसँग जोडिन सकेनौँ भने पछाडि पर्छौँ, त्यसले गर्दा म बागलुङमा आइसकेपछि जाने बुझेसम्मको प्रबिधिहरुसँग प्रहरीलाई जोड्न खोजेको छु, सूचना आदानप्रदान गर्नलाई प्रभावकारी गराउन ह्वाटसएप ग्रुपमा बनाएर सबै युनिटलाई जोडेका छौँ,” उहाँले भन्नुभयो – “यो चाहीँ जहाँ त्यहीँ प्रचलनमा छ, तर हामीले अलि फरक तरिकाले काम गरि रहेका छौँ, घटनास्थलमा पुग्ने प्रहरीले त्यहाँको फोटो, भिडियो पठाउँछ, त्यसबाट हामीले कार्यालयमै बसेर त्यहाँ के भइरहेको छ भन्ने जानकारी लिन सक्छौँ, यस कार्यालयबाट घटनास्थल कति टाढा रैछ भनेर पत्ता लगाउन सजिलो भएको छ ।”

उहाँले प्रबिधिको प्रयोग नगर्दा सबै प्रहरी युनिटहरुबाट सूचना ल्याउनका लाग धेरै समय लाग्ने गरेको सुनाउँदै अहिले एकै छिनमा जिल्लाभरको अवस्था थाहा पाउन सकिने भएको बताउनुभयो । अहिले वर्षातको समय भएको हुँदा मौसमजन्य हुने विपद्बाट नागरिकलाई सचेत रहनका लागि पनि आफूहरुले प्रबिधिको प्रयोग गरि काम गरेको उहाँको भनाइ छ ।

पछिल्लो समय प्रहरीले डिजिटल डाइरी प्रयोग गर्न थालेको बताउनुभयो । डिजिटल डायरी प्रयोग गर्दा छिटो सूचना प्रवाह गर्न सकिने प्रहरी उपरीक्षक कँडेल बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटहरुमा पोस्पेड सियुजी अनिवार्य गरेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *