पहिराले स्वास्थ्य चौकी पुरियो

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको स्वास्थ्य चौकी पहिरोले परिएको छ । निरन्तर वर्षाका कारण स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको हो । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचारमा खटिएका हुन् ।

स्वास्थ्य चौकीभन्दा केहीमाथिको भाग चर्किएको हुँदै अझै पहिरो खस्न सक्ने स्वास्थ्य चौकी प्रमुख उमेश सर्वुजाले जानकारी दिनुभयो । पहिरो करिब १०० मिटर माथिदेखि खसेको उहाँको भनाइ छ । दैनिक बिरामी आउने हुँदा अहिले जोखिममा परेको भवनबाट सेवा दिन बाध्य भएको सर्वुजा बताउनुहुन्छ ।

गत वर्ष मात्रै निमाण सम्पन्न भएको स्वास्थ्य चौकी जोखिममा परेपछि सेवा प्रवाहमा समस्या हुन थालेको उहाँले बताउनुभयो । निरन्तर वर्षा भए भवनै बग्ने उच्च जोखिम रहेको भन्दै पहिरोको लेदोले स्वास्थ्य चौकीका कोठाहरु भरिएको उहाँको भनाइ छ । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरसमेत रहेको हुँदा उपचार गर्न र सुत्केरी हुन आउने महिलाहरु समेत डराउने गरेको सर्वुजा बताउनुहुन्छ ।

“यो ठाउँमा यसरी पहिरो जान्छ भन्ने कल्पना पनि गरेका थिएनौँ, नयाँ भवन हो, गत वर्ष मात्रै निर्माण सम्पन्न भएको हो, पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवनमा सरेको एक वर्ष मात्रै भयो, अहिले पहिरोले यस्तो अवस्था भयो” प्रमुख सर्वुजाले भन्नुभयो – “दिन दिनै बिरामीहरु आउँछन्, बाहिर राखेर उपचार गर्नु भएन, जोखिम मोलेरै यहाँबाट काम गरि रहेका छौँ, स्वास्थ्य चौकीको आधाभन्दा बढी भाग पुरिएको छ, ठूलो वर्षा भयो बने बगाउन सक्ने संभावना छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *