दुई हजार ७०० रोपनीमा आलुखेती विस्तार

आदर्श अनलाइन, बागलुङ
चालु आर्थिक वर्षका कृषि ज्ञान केन्द्र बागलुङले ‘खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम’ अन्र्तगत २ हजार ७६३ रोपनी जग्गामा आलु खेती विस्तार गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले ६७ ओटा कृषि समूह तथा सहकारी मार्फत धेरै किसानलाई लाभ पुग्नेगरी आलुखेती विस्तार तथा प्रर्बद्धन गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको सबैभन्दा ठूलो कार्यक्रम अन्र्तगत रु.तीन करोड ६० लाख बजेटबाट आलु खेती बिस्तर थालिएको थियो ।

सबैभन्दा ठूलो बजेट अन्र्तगत यस वर्ष आलु उत्पादन बढाउन प्रर्बद्धनात्मक कार्यक्रमलाई उच्च प्राथमिकता राखेर आलु उत्पादन बढाइएको छ । आलुको उत्पादन देखि बजारीकरण सम्मका लागि अनुदान दिइएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

आलुको उत्पादन बढाउन यन्त्रिकरण, बिउ, मल देखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष कृषि ज्ञान केन्द्रको बजेट आलु प्रर्बद्धन कार्यक्रम केन्द्रित गरेर २ हजार ७६३ रोपनीमा आलु उत्पादन गरेर बजारीकरण गरिएको कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र बागलुङको झण्डै आधा बजेट आलु खेती विस्तार उत्पादन र बजारीकरणमा खर्चिको बताउनुभयो । पुनका अनुसार बागलुङको आलु ब्राण्डीङ गर्न आलु उत्पादन तथा प्रवद्धन कार्यक्रम प्रभावकारी भएको छ ।

“आलुको ब्राण्ड गराएर विक्रि गर्न आवश्यक छ, यहाँको ढोरपाटन, ताराखोलाको अलाु निर्यात गर्नमा सहयो पुगेको छ, स्थानीय आलु कहिएर जाने, बाहिरका आलु बजारमा भित्रिने अवस्था न्यूनिकरण गर्न अहलिेको कार्यक्रमले सहयोग पुगेको छ” पुनले भन्नुभयो “उक्त बजेटमा रु. २ करोड ६० लाख ५४ हजार खर्च भएको, अझै केही रोपनी जग्गामा आलु खेती विस्तार गर्ने बजेट कार्यान्वयन गर्न सकिएन, ठूलो बजेट आएकाले कार्यान्वयन गर्दागर्दौ समेत बजेट सकिएन र फिर्ता भयो ।”

एकैपटक धेरै आलु उत्पादन हुनेभएकाले कुहिने समस्या भएकाले तत्कालै विक्रि गर्ने व्यवस्थाका लागि आवश्यक प्रबन्ध मिलाइएको छ । रैथाने आलु र उन्नतजातको आलुको उत्पादन बढी हुने भएकाले यस पटक खायन आलुको उत्पादन बढाइएको हो । यो कार्यक्रमले २ हजार ७६३ रोपनी क्षेत्रफलमा आलु लगाइएको थियो ।

कृषकलाई उन्नत जातको आलुको बिउ उपलब्ध गराउने, सिचाई, सामाग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण समेत गरिएको छ । सहकारी मार्फत कृषि उपजको उत्पादन गर्दै आएकोमा आलु प्रर्बद्धन कार्यक्रमले सहकारीलाई समेत राहत मिलेको जैमिनी नगरपालिका–४ सर्कुवा स्थित साना किसान कृषि सहकारीका अध्यक्ष प्रभाकर पौडेलले बताउनुभयो ।

अदुवा र बेसार खेती गर्दै आएको सहकारीले यस चालु आर्थिक वर्षमा खायन आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गते ३५ रोपनी जग्गामा आलु खेती गरेको बताउनुभयो । उहाँले चार मेट्रिटन आलु उत्पादन गरेर सहकारी मार्फत बजारीकरण गरेको र किसानलाई फाइदा पु¥याएको बताउनुभयो । आलु उत्पादन बढाएर बजारको सुनिश्चिततालाई सघाउन आलु उत्पादत हुने ठूलो क्षेत्रमा यस्तो कार्यक्रम लागु गर्नेगरी कार्यविधिनै गण्डकी प्रदेश सरकारले निर्माण गरेको छ ।

बागलुङ आलु उत्पादनको लागि उर्बर जिल्ला मानिन्छ । विशेषगरि बागलुङको ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आलु निकै स्वादिष्ट मानिन्छ । छिटफुट मात्रमा काठेखोला, जैमिनी र बरेङमा समेत आलुको उत्पादन हुने गरेको छ ।

जिल्लमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । अहिले तथ्याङ्क संकलनको चरणमै रहेपनि १० देखि २० प्रतिशत सम्म आलु उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *