जोखिममा स्वास्थ्यचौकी : पहिरो रोकथामै सकियो ५० लाख


खेमराज गौतम, बागलुङ
भिरालो जग्गामा जोखिम मुल्याङ्कन नगरी निर्माण गरिएको बागलुङको सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा छ ।

पानीको मुल संगै कमेरोमाटो बगिरहेको छ भने पहिरो बढेर स्वास्थय चौकीको प्राङ्गणमै पुगिसकेको छ । पहिरोको प्रभावले स्वास्थ्यचौकीको पिल्लर र पानी ट्याङ्की चर्केको छ । चार वर्ष अखिदेखि वर्खामा जान थालेको पहिरोले कुनबेला स्वास्थ्यचौकीनै बगाउने हो भन्ने पिरमा यहाँका स्थानीय छन् ।

बागलुङ नगरपालिका–८ सिगाना स्वास्थ्यचौकी निःशुल्क जग्गाका लागि भौगोलिक वनावट नहेर्दा लाखौको स्वास्थ्यचौकी जोगाउन करोड खर्च भएको छ । उक्त खर्चले समेत सार्थकता नपाउदा उक्त स्वास्थ्यचौकी जुनसुकै बेला पहिरोले बगाउने संभावना देखिएको छ ।

स्वास्थ्यचौकी मुनी निरन्तङर रुपमा जमिन भाँसिने र पहिरो जाने भइरहेकोमा यसपटकको वर्षाले स्वास्थ्य चौकीको डिलसम्मै पहिरो पुगेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिनुभयो । “स्वास्थ्यचौकी मुनी पानीको मुल छ, स्वास्थ्यचौकी निर्माण गर्दा फालेको माटो र स्वास्थ्यचौकीको पानीलाई तर्काउन नसक्दा वर्षेनी पहिरो बढेर गयौ, लाखौको स्वास्थ्यचौकी जोगाउन करोडौ खर्च गर्नुपर्ने देखियो, हाल सम्म परिहो रोकथामका लागि रु. ५० लाख खर्च भइसकेको छ” गौतमले भन्नुभयो “पहिरो रोकथामा लागि लगाइएको पक्की पर्खालले पूर्णता नपाउदा यसपटक स्वास्थ्य चौकीको प्राङ्गणनै कोल्टे परेको छ ।” गौतमका अनुसार स्वास्थ्यचौकी जोगाउनका लागि पहिरो रोकथाममा मात्रै रु. ५० लाख खर्च भइसकेको उहाँको भनाई छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा गण्डकी प्रदेशबाट स्वास्थ्यचौकी रोकथाम रु.५० लाख बिनियोजन भएकोमा रु. २५ लाखको पक्की पर्खाल निर्माण गरिएको र गत आर्थिक वर्षमा रु. २५ लाख बजेटगरी अहिले सम्म रु. ५० लाख लागतमा पहिरो रोकथामको काम भएपनि स्वास्थ्यचौकी मुनिबाटै गहिरो भएर अहिले पुन पहिरो गएको बागलुङ नगरपालिका–८ सिगनाका वडा अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ भने पहिरो मुनीका दुई घर समेत जोखिममा परेका छन् । छ वर्ष पहिला निर्माण भएको स्वास्थ्य चौकीको भवन पहिरोको कारण उच्च जोखिममा पारेको र रोकथामको प्रयास गर्दा समेत पहिरो रोकिन नछोडेको कार्कीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि लगातार चार वर्ष देखि पहिरो खसिरहेको छ । निरन्तरको वर्षाका कारण अहिले थप पहिरो गएर स्वास्थ्यचौकी सम्मकै भाग चर्किएको कारण स्वास्थ्यचौकी पूर्ण खतरामा रहेको कार्कीको भनाइ छ । भिरालो जमिनमाथि स्वास्थ्यचौकी भवन निर्माण गरेका कारण अहिले उक्त स्वास्थ्यचौकीनै विस्थापित हुने अवस्थामा पुगेको छ । स्वास्थ्य चौकीको पहिरोले बागलुङ बजार देखि सिगाना हुँदै लामिचौर जाने सडक समेत पटक पटक अबरुद्ध हुँदै आएको छ ।

अहिले बागलुङ नगरापकिलाको बिपद्को बजेटले ज्याबिन भर्नेगरी नगरपालिकासंग समन्वय भइरहेको कार्कीले जानकारी दिनुभयो । रु. एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको सो भवन वातावरणीय मूल्याङ्कन बिनैै निर्माण गर्दा समस्या भएको हो । स्वास्थ्यचौकीको झण्डै सय मिटर तल देखि स्वास्थ्यचौकी सम्मै पहिरो गएर जमिन चिरा चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनलले जानकारी दिनुभयो । खनालका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भएपनि सिगानाको स्वास्थ्यचौकीको पहिरो ठूलो भएकाले समस्या भएको बताउनभुयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *