सहकारी मार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण


खेमराज गौतम, बागलुङ
उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जंगलमा पाइने बाँकोलाई बागलुङमा ब्रान्डीङ गर्न थालिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।
जंगलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रताल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्राएको छ ।

एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउदै आएको रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको रुद्रताल सामाजिक महिला उद्यम सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिनुभयो ।

“गाउँ तथा जंगलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पु¥याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिणाममा बजार पठाइरहेका छौं, यहाँको आलु समेत निकै स्वादिष्ट रहेको छ, आलुलाई चिप्स बनाएर बजार पठाउदा यहाँका महिलाको आय आर्जन सघाउ पुग्नेछ” छन्त्यालले भन्नुभयो “अर्गानिक उत्पादनको बस्तुको बजारीकरणमा जैमिनी नगरपालिकाले समेत सघाएको छ, यस पटक आलुको चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने रु.सात लाखको उपकरणमा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ ।”एक वर्ष यता बाँकोको गुन्द्रुक र सिस्नोको धुलो मात्रै दुईलाखको बिक्रि भएको छन्त्यालले जानकारी दिनुभयो ।
अहिले आलुको चिप्सलाई मुख्य उत्पादनका रुपमा विकास गर्नका लागि आधुनिक उपकरणले सहयोग पु¥याउने छन्त्यालको भनाई छ ।

२०७१ सालमा खसीबोकाको कारोवार गर्नका लागि स्थापना भएको सहकारीले एक वर्ष यता आलुको चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर बिक्रि गर्न थालिएको छ । रु.सात लाख मुल्यको आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने उपकरणमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले ८५ प्रतिश लागत सहयोग गरेको थियो । यस्तै जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरण समेत सहयोग भएको ।

२०७१ सालमा रु. १० लाख शेयपूजीबाट शुरु भएको सहकारीको अहिले वार्षिक कारोबार मात्रै रु. दुई करोड ५० लाख बढी पुगेको छ । अहिले बाँको र सिस्नो संकलन, आलु खरिद तथा ब्रान्डीङका लागि २१ जना महिलाहरु सक्रिय रहेका छन् । महिला सदस्यहरुलाईमात्रै सहकारीमा आबद्द गराएको सहकारीले नियमितरुपमा २१ जनालाई रोजगारी दिनेगरी काम थालिएको थियो । सहकारीलाई हेफर इन्टरनेशनले समेत बाख्राका पाठा बितरण गरेर सहकारी स्थापना गरिएको थियो ।

अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाँकोको गुन्द्रुक बागलुङ बजार सहित पोखरा सम्म पुग्ने गरेको अर्गानिक उपजको बजारीकरणमा सघाएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । नगरपलिकाले महिला उद्यमशिलताका लागि हाल सम्म रु. १० लाख भन्दा बढीको आर्थिक सहायता प्रदान गरिसकेको शर्माले जानकारी दिनुभयो । बाँको र सिस्नोको व्यावसायिक उत्पादनले जैमिनी नगरको पहिचानका रुपमा विकास गर्न थालिएको छ ।

“किसानले आलु मात्रै बिक्रि गरेर भएन, जैमिनीको सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको दमेकको आलुलाई चिप्स बनाउदा टिकाउ हुने र बजारीकरण समेत गर्न सहज हुने भएकाले उद्यमशीलताको कार्यक्रमलाई त्यही सहकारीसंग जोडिएको छ” उपप्रमुख शर्माले भन्नुभयो “औषधीय गुण समेत भएको बाँकोको गुन्द्रुक र सिस्नोको धुलो विदेश पु¥याउने समेत अवस्था रहन सक्दछ, जैमिनी नगरपालिकाको अर्गानिक उत्पादनका रुपमा गुन्द्रुक र सिस्नोको धुलो देशभर पहिचान बनाउने हाम्रो अभियान छ ।” सहकारीमा हाल ५२० महिला शेयर सदस्यरहेका छन् । मकैलाई समेत भुटेर बजार पठाउने तयारी महिला सहकारीले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *