आदर्श अनलाइन, बागलुङ
अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको भारी वर्षाका कारण सडक माथिदेखि पहिरो खस्दा कोरिडोर पूर्ण रुपमा अवरुद्ध भएको हो ।
कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कोरिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी जानकारी दिनुभयो । कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारी साधान ठप्प भएको उहाँको भनाइ छ । अहिले भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने भन्दै वर्षा रोकिएपछि खुलाउने यादवले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडकनै भासिएको उहाँ बताउनुहुन्छ । एक साता अगाडि पहिराले अवरुद्ध भएको सडक सोमबार दिउसो संचालनमा आएकोमा रातीको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको यादवको भनाइ छ ।