पहिरोमा परी बडिगाडमा एक जनाको मृत्यु


आदर्श अनलाइन, बागलुङ

अबिरल वर्षापछिको पहिरोले बागलुङमा एक जनाको ज्यान गएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ नयाबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षका विधान परियारको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

घर जोगाउनका लागि भल पन्छाउने क्रममा पहिरो खसेर परियारलाई पुरेको बरालको भनाई छ । परियारको शव निकालेर पोष्र्टमार्टका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

वर्षाका कारण बडिागडकै वडा नम्बर १० दर्लिङमा पहिरोका कारण एक घर पुरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्ग बरालले जानकारी दिनुभयो । घरमा पुगेको क्षतिको विवरण भने नआइसकेको बरालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *