बडिगाड पहिरो : गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार


आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान गएको पहिरोले घर पुर्दा गम्भिर घाइते भका तीन जनाको आज बिहान मात्रै हेलिकप्टर मार्फत उद्दार गरी काठमाण्डौ लगिएको छ ।

जोग बहादुर बुढाको घर पहिरोले पुरिदा १९ जना परेका थिए । जसमध्ये ६ जनाको मृत्यु, ९ जना घाइते र चार जना अझै बेपत्ता रहेका छन् । घाइतेको मंगलबारनै उद्दार गर्न थालेपनि मौसम खराब हुँदा उद्दारमा कठिनाई भएर नेपाली सेनाको हेलिकप्टर गन्तव्य नपुगी फर्केको थियो । पुन आज बिहान ९ बजेर २१ मिनेटमा तीन जना गम्भिर घाइतेलाई काठमाण्डौको टिचिङ अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार बडिगाड गाउँपालिका–१० आरुपाटाका घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सिता पुन र ४६ वर्षीया संगिता बुढालाई उपचारका लागि काठमाण्डौ लगिएको छ । अन्य छ जना घाइतेको बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्य कैनद्रमा उपचारका लागि पठाइएको बरालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *