गलकोटदेखि बागलुङ आउँदै गरेको पिकअप जिप दुर्घटना हुँदा आठ जना घाइते

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोलामा पिकअप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । गलकोटको हटिया बजारदेखि बागलुङ बजार आउँदै गरेकाे छुटेको ध १ च ९५२ नम्बरको पिकअप जिप काठेखोला गाउँपालिका–५ बिहुँमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक गलकोट नगरपालिका–१ दुदिलाभाटीका ३३ देवेन्द्र शर्मा, गलकोट नगरपालिका–३ की २१ वर्षीया तारा गौतम, गलकोट नगरपालिका–४ का २६ वर्षीय नविन सुवेदी, सोही ठाउँका २३ वर्षीय मदन शर्मा, गलकोट नगरपालिका– ८ की २५ वर्षीया लक्ष्मी पुन, सोही ठाउँकी १९ वर्षीया स्मृति बुढाथोकी, २५ वर्षीय विपीन शर्मा, गलकोट नगरपालिका–९ का २४ वर्षीय गणेश सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

घाइतेलाई स्थानीय र प्रहरीले उद्धार गरि धौलागिरी अस्पताल बागलुङमा ल्याएको यादव बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *