बागलुङमा लाखे नाचको रौनकता

आदर्श अनलाइन, बागलुङ

बागलुङमा बजार लाखेनाचले रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गोठेमंगलको भोलीपल्टबाट नाच्न थालिने लाखे नाच यहाँका नेवार समुदायले जीवित राखेका छन् । दैनिकजसो निकालिने लाखे नाच तीज सम्मै निरन्तरता पाउने लाखेनाचको संरक्षणको अगुवाई शाक्य कल्याण समाज बागलुङले जनाएको छ । साउनको चतुर्दशी देखि देखाउन थालिएको लाखे नाच दैनिक रुपमा निरन्तरता पाइरहेको छ ।

अहिले बजारको चोक तथा गल्लीमा लाखे नाचको रौनकता छाएको छ । झ्याली र बाजाको तालमा दुईवटा लाखे मुखुण्डो लगाएर रंङ्गीबिरङ्गी कपडा तथा पशुको रौले छोपिएर नाच्ने दृश्यले बागलुङ बजारमा दैनिकजस्तो रौनकता लिएको पाइन्छ ।

लाखे नाच हेर्न गएका बालबालीकाहरु ‘चे लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले पनि दौडिएर उनीहरूलाई पछ्याइरहेको दृश्य रोचक हुने गर्दछ । लाखे नाच हेर्नेको बागलुङ बजारमा भीडनै लाग्ने गर्छ । रहेक वर्ष साउन याममा नाचिने लाखे नाच खास यहाँका अन्य समुदायका लागि अनौठो नाचको रुपमा लिइएको छ ।

तीन सय वर्ष अघि देखि राक्षसको रुपमा रहेको घण्टाकर्णलाई मारेपछि पुन राक्षसको अवतार नदोहोरियोस भन्नका लागि लाखे नाच्ने परम्परा रहेको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो । नेवार समुदाय रहेको स्थानमा उक्त नाँच सुरक्षित रहेको शाक्यले बताउनुभयो ।

“तीन सय वर्ष पहिला काठमाण्डौबाट व्यापार गर्नका लागि बागलुङ आएका नेवार समुदायले आफ्नो संस्कारको रुपमा राखेनाचलाई लिने गरिएको छ, पुण्य काम गर्नेलाई राक्षसले दुख दिएर मार्ने गरेपछि घण्टाकर्णलाई जलाएर मारेपछि पुन राक्षसले दिने दुःख नदोहोरियोस भन्नका लागि र राक्षस प्रेमीकाहरुलाई खुसी पार्नका लागि लाखे नाचिदै आइएको हो” शाक्यले भन्नुभयो “नेवार भित्र समेत लाखेनाच शाक्य समुदायले संरक्षण गर्दै आएको छ, गाइजात्राको दिनदेखि पुन नेवार समुदायको भदौरे नाच प्रर्दशन हुन्छ ।”

महिना दिन जस्तो नाच्ने लाखे नाच टिकाउन भने शाक्य कल्याण समाजलाई चुनौती रहेको छ । लाखेको अभाव छ भने सिकाउन समेत समस्या भइरहेको छ । खर्चिलो नाचका रुपमा समेत रहेको नाच्ने तथा बजाउने कलाकार टिकाउन समस्या भएको शाक्यको भनाई छ । पहिला फ्याट्ट फुट्ट रुपमा देखाइने लाखे नाचलाई मौसमले साथ दिएमा दैनिक जसो देखाउने प्रयास भइरहेको शाक्यको भनाई छ । स्थानीय सरकारले लाखे नाच र भदौरे नाच संरक्षणमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।

लाखे नाच र भदौरे नाच मध्येको एक जोगी नाच शाक्य कल्याण समाजले संरक्षण गर्दै आएकोमा होवा नाच, रोपाई नाच, जोगी नाच र घोडा नाच लगायतका नाच भने नेवा ल्याम पुचले गर्दै आएको मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँले खर्चिला नाच भएकाले संरक्षणमा चुनौती भएको बताउदै नागनागिनी र थेत्तर नाच लोप भइसकेको बताउनुभयो । उहाँले बास्सा नाच समेत लोप हुने खतारा बढेको राजभण्डारीले बताउनुभयो । बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरेको बताउदै आगमी दिनमा लाखे नाच र भदौरे नाच संरक्षणका लागि नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *