उत्तरगंगा ढोर बराह मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो

आदर्श अनलाइन, बागलुङ
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन स्थित उत्तरगंगा ढोर बराह मन्दिरमा सोमबार विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो । ढोर बराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । पश्चिम बागलुङकै ठूलो शक्तिपीठका रुपमा रहेको ढोर बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह मन्दिरमा पुजाआजा गर्न, भाकल गर्न तथा भेटी चढाउन नेपालका लागि आएका भक्तजन विहानै पाँच बजेदेखि लाइनमा रहेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । बागलुङसहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, सहित बुटवल, पोखरा काठमाण्डौ लगायत देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको उहाँको भनाइ छ ।

वर्षौँ पुरानो यो धार्मिक मेला अहिलेसम्म चल्दै आएको पुन बताउनुहुन्छ । आइतबार विहानैदेखि ढोरपाटनमा भक्तजनको आगमन भइरहेको अध्यक्ष पुनको भनाइ छ । जनैपूर्णिमामा मुख्य पूजा आज भए पनि स्थानीय क्लवले खेलकुदसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हुँदै अझै केही दिन चल्ने उहाँ बताउनुहुन्छ । ढोर बराह मन्दिरमा आज सयौँ भेडा तथा बोकाको बली दिइने पुनको भनाइ छ ।

बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङदेखि करिब ३२ कोलिमिटर पश्चिममा रहेको ढोरपाटनमा जनैपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक घुम्न जाने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *