कालीगण्डकी दोहन गर्नेलाई धमाधम जरिवाना

आदर्श अनलाइन, बागलुङ
अबैध रुपमा उत्खनन गरी नदीजन्य पदार्थ संकलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कार्वाही गर्न थालेको छ । कालीगण्डकी नदीमा मध्यरातमा नदीजन्य पदार्थ ढुङ्गा र बालुवा दोहन गरी संकलन गरेको पाइएकाले उनिहरुलाई जिल्ला समन्वय समितिको सिफारिसमा दण्ड तथा जरिवाना गरिएको छ ।

बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाट लगायतका बगरबाट अबैद्य रुपमा उत्खनन्न गरी बालुवा तथा ढुङ्गा संकलन गर्नेलाई कार्वाही गर्न थालेको छ । नगरपालिकाले जरिवाना स्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैद्य दोहन गर्नेबाट रु. १६ लाख २२ हजार राजश्व समेत संकलन गरेको छ ।

बागलुङ नगरपालिकाले अबैद्य रुपमा उठाइएको बालुवा र ढुङ्गाको परिणामका आधारमा दण्ड तथा जरिवाना गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशको विरुद्धमा नदीजन्य पदार्थको उत्खनन् भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले राज्यलाई कर छलेर अबैद्य रुपमा उत्खनन् गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मुल्याङ्कन गरी बागलुङ नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो ।

“अहिलेको समयमा कालीगण्डकी नदीबाट बालुवा निकाल्ल पाइदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीहरुले दोहन भएर बिक्रिका लागि राखिएको बालुवाको परिणामा आधारमा जरिवाना गर्न थालेका छौं, यो अभियान बागलुङ नगरपालिकामा मात्र सिमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजश्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ” जिसस प्रमुख थापाले भन्नुभयो “जिल्ला समन्वय समिति र बागलुङ नगरपालिका सहितको अनुगमनबाट १५ स्थानमा संकलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना संकलन कर्तालाई तिराउनेगरी नाप जाँच भइरहेको छ ।”

नदीमा पुगेर ठूला उपकरणको सहायताले अबैद्य रुपमा नदीजन्य पदार्थ संकलन गर्नेलाई धमाधम कार्वाही गर्न थालिएको थापाको भनाई छ । अबैद्य रुपमा उत्खनन् गरी निकालिएको बालुवा र ढुङ्गाको मुल्याङ्कनका आधारमा दण्ड तथा जरिवाना मार्फत नगरपालिकालाई रु. १६ लाख २२ हजार राजश्व संकलन गरेको बागलुङ नगरपालिका राजश्व शाखा प्रमुख काशिराम शर्माले जानकारी दिनुभयो ।

उहाँले दण्ड तथा जरिवाना मार्फत १३ स्थानमा संकलन गरेको बालुवा तथा ढुङ्गाको राजश्व संकलनका लागि मुल्याङ्कनको काम भइरहेको शर्माको भनाई छ । नगरपालिकाका अनुसार आरएस कन्ट्रक्सनले मात्रै बागलुङ नगरपालिकालाई अग्रिम आय कर मार्फत रु. १८ हजार ४६३, मुल्य अभिवृद्धि कर बापत रु. एक लाख ६० हजार ५ र दण्ड तथा जरिवाना बापत रु. १२ लाख ५५ हजार ८०६ गरी रु. १४ लाख ३४ हजार २७४ र विष्णु चोखाल मार्फत रु. एक लाख ८७ हजार ९४४ दण्ड जरिवाना तिरेको छ ।

जिल्ला समन्वय समितिको रोहबरमा बागलुङ नगरपालिका भित्रका १३ स्थानमा अबैद्य रुपमा उत्खनन् गरिएको बालुवा तथा ढुङ्गा संकलन कर्तालाई दण्ड तथा जरिवाना तिराउन मुल्याङ्कनको काम भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।
अबैद्य दोहनमा जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र स्थानीय तहले ध्यान नदिएको गुनासोपछि जिल्ला समन्वय समितिको अगुवाईमा अबैद्य दोहन गर्नेलाई दण्ड तथा जरिवाना गर्न थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *