च्याउखेतीबाट उदाउदै इशा


–खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिका–३ गहतेका इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । साढे तीन रोपनी जग्गामा क्षत्रीका चारवटा प्लाष्टिक टर्नेल छन् । दुईवटा भैसी पाल्दै आउनुभएका क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैसी बेचेर तरकारी खेतीमा लगानी थप्नुभयो ।

माइतमा आमा र छर छिमेकले गरेको व्यावसायिक कृषि पेशा देख्नुभएको क्षत्रीलाई तरकारीखेतीबाट आत्मनिर्भर तर्फ अघि बढाएको छ । उहाँकोे तीन टर्नेलमा घिरिम्ला, लौका, टमाटर, धनिया र तिते करेलदा छन् । तरकारीखेतीबाट एउटा छोरी र श्रीमान सहितको परिवार पालेर बचत गर्दै आएको रकम क्षत्रीले पुन च्याउ खेतीमा लगानी गर्नुभएको छ । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टर्नेलको व्यवस्था गर्नुभएको छ ।

अन्य तरकारी खेती भन्दा च्याउ खेतीबाट दोब्बर आम्दानी गर्न सफल भएको क्षत्रीले सुनाउनुभयो । स्मृति कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर तरकारी खेती गर्दै आउनुभएका क्षत्रीको ध्यान अहिले घिरिम्ला, करेला, तितेकरेला र टमाटर भन्दा च्याउ खेतीमा बढी जोड दिएको बताउनुभयो ।
उहाँले अन्य तरकारी भन्दा च्याउखेतीमा राम्रो आम्दानी भएको बताउदै च्याउखेती थप बिस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो ।

“माइतमा व्यावसायीक तरकारी खेती गरेको देखेको थिए, परिवारको खर्च चलाउनका लागि चार वर्ष अघिदेखि घर नजिकैको साढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्रि गर्दै आएको थिए” क्षत्रीले भन्नुभयो “छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो, च्याउमा राम्रै आम्दानी भएको छ, तेस्रो चरणमा २९० परालका गोलामा च्याउ फलिरहेको छ, २०० केजी च्याउ बिक्री गरिसके अझै २५० केजी देखि ३०० केजी च्याउ उत्पादनको आशा छ ।”
तीन लाख लगानीमा पलाष्टिक टर्नेल निर्माण गरेको बताउदै क्षत्रीले प्रत्येक पटक ५० हजार लगानीमा च्याउ खेती गर्दै आएको क्षत्रीको भनाई छ । क्षत्रीले च्याउबाट सिजनमै एक लाख आम्दानी गर्न थालेको बताउनुभयो ।

उहाँले च्याउको बिउँ राख्ने समयमा पराल काट्ने, पखाल्ने, पकाउने र गोला पार्न दुःख भएपनि च्याउ बिक्रि गरेर आम्दानी गर्दा दुख विर्सेको बताउनुभयो । क्षत्रीको तरकारी खेतीमा श्रीमानले सघाउदै आउनुभएको छ । उहाँले घरको आम्दानीको स्रोत तरकारीमात्रै भएको बताउदै छोरी लाई पढाउन र घर खर्च चलाएर थोरै रकम बचत समेत भएको बताउनुभयो । आम्दानीबाट बचत भएको भएको रकमले च्याउखेतीमा लगानी थपेको क्षत्रिको भनाई छ ।

“५० हजार लगानीमा एक लाख सम्म आम्दानी हुँदो रहेछ, बजार पठाउन र बिक्रि गर्न कुनै रकम खर्च लाग्दैन बिहानै च्याउ र तरकारी टिपेर डोकोमा बोकेर बजारमा लैजान्छु, होलसेलमै प्रतिकेजी २२५ मा च्याउ बिक्रि गर्दै आएको छु” क्षत्रीले भन्नुभयो “चार वर्षको अनुभवमा तरकारी बिक्री गरेर थोरै रकम बचत गरेपनि च्याउ खेतीबाट भने दोब्बर आम्दानी हुन थालेको छ, अब एउटा थप आधुनिक प्लाष्टिक टर्नेल स्थापना गर्ने सोचमा छु, च्याउ खेतीका लागि बागलुङ नगरपालिकाले तालिम दिएर ठूलो राहत भयो ।”

म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ बौर स्थित माइतीगाउँका महिलाहरु तरकारीखेतीबाट आयआर्जन गर्न सफल भएको देखेर आफूले व्यावसायिक तरकारी खेती थालेको क्षत्रीको भनाई छ ।
जग्गा आफ्नै र बिक्रि समेत आफै बजार पुगेर गर्दा बचत धेरै हुने गरेको र बिचौलिया समेत आवश्यक नरहेको उहाँको अनुभव रहेको छ । दुईवटा भैसी पालेर दुध बिक्रि गरे घर धान्दै आउनुभएको क्षत्रीलाई तरकारीखेतीले आयआर्जनमा सघाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *