‘असल विद्यार्थी’ लघु चलचित्र प्रदर्शन


आदर्श अनलाइन, बगालुङ

शैक्षिक क्षेत्रमा देखिएका विकृतीका विरुद्ध बागलुङमा निर्माण गरिएको असल विद्यार्थी नामक लघु चलचित्र प्रर्दशन गरिएको छ ।

पछिल्लो समय शिक्षा क्षेत्रमा तथा विद्यार्थीमा देखिएका विभिन्न खाले विकृतिलाई न्युनिकरण गर्ने अभिप्रायले गुरास विद्या सदनको सहयोगमा निर्माण गरिएको ४५ मिनेटको लघु चलचित्र बिएसआर मुभि बागलुङमा प्रदर्शन गरिएको हो ।

सञ्चारकर्मी, विद्यालयका शिक्षक विद्यार्थीहरुको अभिनय रहेको असल विद्यार्थी नामक लघु चलचित्र शैक्षिक क्षेत्रका साथै समाज रुपान्तरणका लागि भुमिका खेल्ने खालको रहेको विद्यालयका प्रिन्सिपल निशान खड्काले बताउनुभयो ।

सञ्चारकर्मी दिलिप प्रतेलको निर्देशनमा निर्माण गरिएको लघु चलचित्रमा निर्देशक प्रतेल, सञ्चारकर्मी बिनोद प्रतिक, बिद्यालयका शिक्षक लक्ष्मी बराइली, मनालिशा नेपाली, गोमा आले, बिद्यार्थी सचिन अधिकारी, आरुषी पाण्डे, होषणा बिक लगाएतका कलकारहरुको भुमिका रहेको खड्काले जानकारी दिनुभयो ।

असल विद्यार्थी नामक लघु चलचित्र विद्यार्थीको जीवन कथामा आधारित रहेको र यसको छायाङ्कन बिद्यालय परिसर, बागलुङ बजार र सुलडाँडा क्षेत्रमा गरिएको निर्देशक दिलिप प्रतेलले जानकारी दिनुभयो ।

कार्यक्रममा दिलिप प्रतेलको अध्यक्षता बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको प्रमुख आतिथ्यता र संचारकर्मी कृष्ण संयोग संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *