आदर्श अनलाइन, बागलुङ
बागलुङको बडिगाड गाउँपालिका १० दर्लिङको डहरे देउरालीम बुहारी नाता पर्ने ३६ वर्षीया होमकुमारी कामीले धारिलो हतियार (हसिया)ले प्रहार गर्दा ७७ वर्षीय दिलबहादुर विक र ७३ वर्षीया पन्थी विक गम्भिर घाइते भएका छन् ।
घासको विषयमा घरायासी विवाद हुँदा आफ्नै देवरकी बुहारी होमाले भदौ ११ गते दिलबहादुर र पन्थीलाई हसियाले प्रहार गरेकी थिइन् । हसिया प्रहारबाट गभ्मिर घाइते भएका दिलबहादुर र पन्थीलाई वडा अध्यक्ष विरेन्द्र कुमार बुढाको पहलमा उपचारको लागि बुर्तिवाङ स्वास्थ्य केन्द्र पुर्याइएको थियो ।
टाउको, गाला, र शरिरका विभिन्न भागमा हसियाले गहिरो चोट लागेका विक दम्पत्तीलाई स्वास्थ्यकर्मीले थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ रिफर गरिदिए ।
अहिले दिलबहादुर र पन्थीको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
दिलबहादुरका कान्छा भाइ लोकबहादुर विकले ०८१ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा होम विरुद्ध मुद्दा दिएका छन् ।
आरोपित होमालाई भदौ १२ गते स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर भदौ १३ गते कर्तव्य ज्यान कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी ऋषीराम कंडेलले जानकारी दिनुभयो ।
बुहारीले हसिया प्रहार गर्दा सासु ससुरा गम्भिर
