गण्डकी प्रदेशमा एमालेका चार मन्त्री, स्वास्थ्यमा बागलुङका पाठक


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागी भएको छ । मन्त्रालयको टुङ्गोलागेपछि एमाले सरकारमा गएको हो । मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा सहभागी भएको छ ।

एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ । एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउने तयारी गरेको छ । केन्द्रीय नेतृत्वले सहमति गरेको २ महिनापछि एमाले जीसीको नेतृत्वमा ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।

मन्त्रीहरुको आजै शपथ लिने तयारी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेका सासदले प्राप्त गर्ने मन्त्रालयको सूचि समेत बाहिरिएको छ । पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै एमालेका केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त हुनुभएको छ । भएका यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गर्नुभएको छ । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *