२३ वर्षपछि दाबगरामा बस पुगेपछि…

आदर्श अनलाइन, बागलुङ
लहलह धान झुल्ने खेत बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २३ बर्षमा आधुनिक बसपार्क सञ्चालनमा आएको छ । मंगलबार दाबगरामा २३ बर्षपछि बस पुगेपछि स्थानीय सहित जग्गादाता दंग परेका छन् । बागलुङ नगरपालिका–४ स्थित दाबगरामा चार वर्ष अघि निर्माण गरिएको बसपार्क सञ्चालनमा आएपछि जग्गा दाता खुसी भएका छन् ।

धानफल्ने खेत नगरपालिकालाई प्रदना गर्दा समेत बसपार्क नबन्दा दुखी भएका स्थानीय जग्गा दाताले २३ वर्षपछि खुसी मिलेको बताएका छन् । आधुनिक बसपार्कबाट अहिले नियमित यातयात सेवा सञ्चालनमा आएको छ ।

“हाम्रो परिवारको मात्रै १४ रोपनी जग्गा बसपार्क बनाउन दिइएको थियो, २३ वर्ष अघि जग्गा दिने बाबा आमा बितिसक्नुभयो, ढिलै भएपनि बसपाक सञ्चालनमा आयो” जग्गा दाता सुदेशचन्द्र भण्डारीले भन्नुभयोे “धान फल्ने जग्गा बसपार्क बनाउन दिएको थियो, बसपार्क नबन्दा २३ बर्ष सम्मको अन्योलता आज खुसीमा परिणत भएको छ, बसपार्कमा बस चलेपछि म जस्ता ४१ जना जग्गा दाता खुसी भएका छौं ।”

सुदेशचन्द्र राजभण्डारीको बुबा लाल बहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीले बसपार्क बनाउनका लागि २०५८ सालमा जग्गा नगरपालिकालाई दिएका थिए । अहिले उहाँका चारभाई छोराले जग्गादाताको तर्फबाट बसपार्क चल्दा खुसी मिलेको प्रतिकृया दिनुभएको छ । बसपार्क सञ्चालनमा आउन धेरै वर्ष लाग्दा बुबा आमा बसपार्क चलेको देख्न नपाई मृत्यु भइसकेको छोरा राजभण्डारीको भनाई छ ।

पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन गर्ने २३ वर्ष अघिदेखिको सपना पुरा भएको छ । आधुनिक बसपार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपछि धौलागिरी गण्डकी यातयात प्रालि लगायतका यातयात सेवा प्रदायक कम्पनीले यातयात बसपार्कबाट सञ्चालनमा ल्याउन थालिसकेका छन् । लहलह धान फल्ने खेत बसपार्क बनाउन दिएको २३ बर्षपछि बस गुड्न थालेपछि निराश बनेका हामी जस्ता जग्गादाता खुसी भएको गोविन्द्र उपाध्यायले बताउनुभयो ।

“नगरपालिकासंग संझौता गरेर जग्गा दिएका थियौ, ५९ रोपनी जग्गा दिएकोमा बसपार्क बनेर बाँकी रहेको जग्गा फिर्ता गर्ने शर्त थियो” उपाध्यायले भन्नुभयो “२३ बसपार्क बन्नै १९ वर्ष लाग्यो, हामीहरुले उक्त जग्गामा खेती गर्न पाएनौ, बिक्रि गर्न पनि पाएनौ फिर्ता हुने घडेरी पाइएन, अहिले आएर बसपार्क चल्यो बाँकी जग्गा फिर्ता हुनेमा आशावादी छौं ।”

जग्गा फिर्तामा ढिलाई तथा पहुँचमार्ग बिस्तार गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन २३ बर्ष लागको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु. ९ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरिएको थियो ।

नगरपालिकाले निःशुल्क जग्गा दिएर १७ रोपनी जग्गामा बसपार्क बनेको छ भने अन्य ४२ रोपनी जग्गा घडेरीको रुपमा जग्गादातालाई फिर्ता गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । श्रेष्ठले महङ्गो जग्गा निःशुल्क दिने जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताउनुभयो ।

२०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ भने अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नका लागि अहिले पलटिङको काम भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा १ सय २७ घडेरी बनाउन नक्शाङ्कन काम अन्तिम चरणमा पुगेको छ ।

बसपार्कमा ७० बस, १०० कार एकै पटक पार्कीङ गर्न सक्ने सुविधा रहेको छ । बसपार्कमा २० वटा व्यापारिक सटकर समेत रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *