बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु भएको छ । जिल्लाको बागलुङ नगरपालिका – ४ बन्द्रेमा बिहीबार राती १२ बजे आएको बाढीले सोही ठाउँको कुँडुले देखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ नगरपालिका–४ बान्द्रे अढाइथर का २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अविशेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

बाढीमा परि सोही गाउँका २० वर्षीय कमल सापकोटा वेपत्ता भएको उहाँको भनाइ छ । मृतक सापकोटा र रेग्मीको शव करिब २०० मिटर तल फेला पारि पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जनाकारी दिनुभयो ।

वेपत्ता सापकोटाको खोजि कार्य भइरहेको उहाँको भनाइ छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजिकार्यमा समस्या भएको पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *