वसन्त चलचित्रको शुभ मुहूर्त

आदर्श अनलाइन, बागलुङ
प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा प्रकाश सपुतको चलचित्र ‘वसन्त’को शुभ मुहूर्त गरिएको छ । बागलुङ कालिका भगवती मन्दिरको प्रवेशद्वारबाट शान्ति पदयात्रा गरेर मन्दिरमा पुगेको समूहले चलचित्रको शुभ मुहूर्त गरेको थियो ।

चलचित्रको नगरप्रमुख वसन्त कुमार श्रेष्ठले क्यामेरा पूजा गरेर शुभ मुहूर्त गर्नुभएको थियो । शुभ मुहूर्त पश्चात बोल्दै नगर प्रमुख श्रेष्ठले बागलुङको पर्यटन विकासमा चलचित्र छायाङ्कनले सघाउने बताउनुभयो । उहाँले चलचित्र वसन्त प्रकाश सपुतले गृह जिल्ला बागलुङमा छायाङ्कन गर्दा चलचित्र क्षेत्रकाका अन्य व्यक्तीहरु समेत आर्कर्षित हुने बताउनुभयो ।

कालिका मन्दिर प्रवेशद्वारदेखि मन्दिरसम्म गरिएको पदयात्रामा फिल्मका मुख्य कलाकार प्रकाश सपुत, नायिका स्वस्तिमा खड्का लगायतका कालाकार तथा चलचित्रका प्राविधिक टिम सहित बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित राजनीतिक दल र स्थानीयहरुको सहभागिता रहेको थियो ।

चलचित्रको छायाङ्कन प्रकाशको जन्म गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा शनिबारदेखिनै प्रारम्भ भएको निर्माता कम्पनी गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल शिरीषले बताउनभुयो ।

शुभ मुहूर्तमा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, नायक प्रकाश सपुत तथा नायिका स्वस्तिमा खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । चलचित्रको शुभ मुहूर्तमा बोल्दै प्रकाश सपुतले आफ्नो जीवन यात्रको क्रममा बागलुङमा गरिएको संघर्षमा चलचित्र बन्न थालेको बताउनुभयो । यात्राको क्रममा जन्मगाउ धम्जा देखि बागलुङ बजार हुँदै काठमाण्डौ सम्मको कथा वसन्तमा देखिने सपुतले बताउनुभयो ।

फिल्मको सम्पूर्ण छायाङ्कन ४५ दिनमा सक्ने तयारी गरिएको फिल्मका मुख्य सहायक निर्देशक सुनिल विकले जानकारी दिनुभयो । यो फिल्ममा प्रकाश सहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्गबहादुर पुन (खबपु) र शिवांसी श्री सहितका कलाकारको मुख्य अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुती प्रकाश सपुतको चलचित्र वसन्तमा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन् भने कथा, संगीत एवम निर्देशन प्रकाश सपुतकै रहेको छ ।

यस्तै मुख्य सहनिर्देशकको भूमिकामा सपुतकै भाई सुनिल विक रहेका छन् । फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन् । फिल्मको प्रदर्शन आगामी चैत २२ गते गर्ने निर्माण टिमले जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *