चट्याङ लागेर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
चट्याङ लागेर निसीखोलामा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति अचानक चट्याङ पर्दा निसीखोला गाउँपालिका–३ किटनी की २४ वर्षीया रजना बुढाको मृत्यु भएको हो ।

घर भित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको प्रहरी टोली खटिई पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यक केन्द्रमा ल्याउने तयारी गरेको यादवले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *