गाउँको सुन्दरता बिगार्ने ग्रामीण सडक

डम्मर बुढा मगर, बागलुङ
स्थानीय तह स्थापना हुनु पूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्तीनै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ तर अव्यवस्थित रुपमा निर्माण भएका मोटरबाटोले कयौँलाई उठिबाससमेत लगाएको छ । वर्षेनी जिल्लाका दश वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गर्दै आएका छन् । अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पु¥याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन ।

स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन् । बर्खाको समय ति सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पु¥याउँदै आएको छ । गत साउन २२ गते बडिगाड गाउँपालिका–९ र १० को विभिन्न स्थानमा आएको बाढी पहिरोले ११ जनाको ज्यान लियो । करिब एक दर्जन मानिस घाइते भए । करिब ८० घर विस्थापित हुनु परेको छ । गाउँमा यति ठूलो पहिरो आउनु अव्यवस्थित सडक निर्माण भएको धेरैले आँकालन गरेका छन् । बडिगाड मात्रै नभएर निसीखोला गाउँपालिका–१ को हुल्दी गाउँनै सात वर्ष अगाडिदेखि पहिरोको उच्च जोखिममा परेको छ । गाउँको अवस्था नबुझी जथाभावी सडक निर्माण गर्न पहिरोले सिंगो गाउँले जोखिम मोलेर बस्नु पर्ने अवस्था रहेको छ ।

जिल्लाको ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला, तमानखोलासहित सबै पालिकामा यस वर्ष पहिरोले ठूलो क्षति गरेको छ । पहिरोले क्षति पु¥याएको अधिकांश स्थान मोटरबाटोको छेउछाउ रहेका छन् । बिना इन्जिनियरिङ निर्माण भएका सडकले गाउँघरको सुन्दरतालाई कुरुप बनाउनका साथै पर्यावरणमा पनि नकरात्मक असर पु¥याएको छ । अव्यवस्थित सडक निर्माण हुँदा पानीका मुहान सुक्ने र मौलिक सम्पदा मासिने गरेको गलकोटका प्रेमबहादुर खत्रीले बताउनुभयो । हिउँदा करोडौँ लगानी गरेर सडक निर्माण गर्ने तर बर्खामा संचालन हुन नसक्ने उहाँको भनाइ छ ।

खत्रीले भन्नुभयो – “धेरै जसो स्थानीय तहले सबैभन्दा बढी बजेट सडक निर्माण खर्च गर्छन्, ति सडकहरु गुणस्तरीय बन्न सकेका छैनन्, अझ गाउँमा निर्माण भएका सडकहरु त बिना इन्जिनियरिङ खनिएका छन्, बर्खामा गाउँबाट बजार झर्नु प¥यो भने हिड्नु पर्छ, सबै सडक बन्द हुन्छन्, हिउँदमा मात्रै चल्ने बर्खामा नचल्ने धेरै सडक अव्यवस्थित छन् ।”

तमानखोलाका मकरबहादुर सिर्पालीले दुई÷चार घर भएको ठाउँमा स्थानीय सरकारले लाखौँ रकम खर्च गरेर सडक पु¥याउने गरेको भन्दै त्यसले फाइदाभन्दा बढी बेफाइदा गरेको बताउनुभयो । पालिका भित्र करिब पचास बढी सडक भएको तर बर्खामा कुनैमा पनि गाडी नचल्दा नागरिकले सास्ती खेप्नु परेको उहाँले गुनासो पोख्नुभयो । उपभोत्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने मोडिने घुम्तीसमेत नमिलेको हुने उहाँको भनाइ छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले ग्रामीण सडकलाई व्यवस्थित बनाउन थालेको बताउनुभयो । वि.सं. २०७३ साल अगाडिनै नगरपालिका भित्र ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको र नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षको अवधीमा १५७ किलोमिटर नयाँ सडक निर्माण भएको भन्दै ति सबै सडकलाई व्यवस्थित बनाउन थालेको उहाँको भनाइ छ । नगरपालिकाभर नयाँ तथा पुराना गरि ४८७ किलोमिटर ग्रामीण सडक रहेको हुँदा नयाँ ट्रयाक खोल्न बन्द गरि पुरानालाई स्तरोन्नती गर्ने उहाँ बताउनुहुन्छ ।

“जिल्लामा धेरै ठाउँ अव्यवस्थित सडक निर्माण गरियो, धेरै सडक बनाइयो भनेर गुनासो बढेको छ, तर हामीहरुले नागरिकको आवश्यतालाई मध्यनजर गरि सडक निर्माण गरेका छौँ, गलकोट क्षेत्रमा धेरै वर्ष अगाडिदेखि नै सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर्षदेखि सडकमा लगानी पनि गरिएको थियो,” प्रवक्ता भण्डारीले भन्नुभयो – “अब करिब–करिब धेरै बस्तीमा सडक पुगि सकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अति आवश्यक परेको ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतीमा ध्यान दिने छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *