आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा साउन यता ७९८ जनामा डेङ्गी संक्रमण पुष्टी भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गी परिक्षणको संख्या हो ।
बागलुङको धौलागिरी अस्पतालमा ६ जना डेङ्गीका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् । बागलुङ जिल्लामा पछिल्लो समय डेङ्गीको संक्रमण दर ह्वातै बढेको तथ्याङ्कले देखाएको छ । तर जिल्लामा सरकारी स्वास्थ्य संस्थामा देखिएको डेङ्गी पाजेटिभको संख्या भन्दा नीजि स्वास्थ्य संस्थामा देखिएको डेङ्गी पोजेटिभको संख्या धेरै देखिएको छ ।
स्वास्थ्य कार्यालय बागलुङले प्रदान गरेको तथ्याङ्क अनुसार जिल्लामा ३३८ जनामा डेङ्गी पोजेटिभ देखिएको छ भने नीजि प्रयोगशालामा मात्रै ४६० जनामा डेङ्गी संक्रमण पुष्टी भएको छ । यो तथ्याङ्क साउन यताको मात्रै हो ।
डेङ्गी संक्रमण पछिल्लो हप्ता मात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउनुभयो । डेङ्गीका सबैभन्दा बढी धौलागिरी अस्पतालमा बिरामी देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले बेड भरिएको छ ।
धौलागिरी अस्पतालको प्रयोगशालामा मात्रै २३२ जनामा डेङ्गी पुष्टी भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यस्तै गलकोट नगर अस्पतालमा ७६ जना, वुर्तिवाङ स्वास्थ्य चौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा २ जना गरी ३३८ जनामा डेङ्गी पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्याले जानकारी दिनुभयो ।
तर बागलुङ बजारमा डेङ्गीको संक्रमण भुषको आगो भन्दा बढी सल्केको नीजि स्वास्थ्य संस्था तथा प्रयोगशालामा गरिएको डेङ्गी परिक्षणले दखाएको छ । जिल्लामा सरकारी तथ्याङ्कमा ३३८ जनालाई डेङ्गी भएपनि नीजि किल्निकहरुमा त्यो भन्दा बढीको संख्यामा डेङ्गी संक्रमण पुष्टी भएको छ ।
उक्त तथ्याङ्कमा ४६० जनालाई डेङ्गी संक्रमण पुष्टी भएको छ । नीजि र सरकारी तथ्याङ्क जोड्दा साउन याता जिल्लामा ७९८ जनालाई डेङ्गी पुष्टी भएको पाइन्छ ।
जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोशालामा १००, केसी प्रयोशालामा १००, केयर डाइनेष्टीक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्यूरो केयर क्ल्निकमा ५०, झरना मेडिकल प्रयोगशामा ३५, गोल्डेनगेट प्रयोशालामा २५, धौलागिरी प्रयोशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा ७ जना गरी ४६० जनामा डेङ्गी संक्रमण पुष्टी भएको नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङको अध्यक्ष खगेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँले निजी प्रयोगशालामा परिक्षण गराएका मध्ये ४६० जनालाई संक्रमण पुष्टी भएको बताउदै डेङ्गीका जटिल बिरामीलाई अस्पतलामा पठाइएको बताउनुभयो ।