कालिका मन्दिरदेखि शालग्राम संग्राहलयसम्म शान्ति पदयात्रा

आदर्श अनलाइन, बागलुङ
बागलुङमा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शान्ति पदयात्रा गरिएको छ । बागलुङ नगर पर्यटन विकास समितिको आयोजनामा प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरदेखि बागलुङ बजार हुँदै शालग्राम संग्राहलयसम्म शान्ति पदयात्रा गरिएको हो ।

बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि शान्ति पदयात्रा गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पछिल्लो समय बिस्तारै बागलुङका पर्यटकीय गन्तव्यहरु चर्चामा आउन थालेको भन्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने उहाँ बताउनुहुन्छ ।

पद यात्रामा जिल्लाका उच्च पदस्थ व्यक्तिहरु सहभागी रहेको उहाँको भनाइ छ । खड्काका अनुसार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, सुरक्षाकर्मी, पत्रकार, व्यवसायी लगायतको टोलीले पदयात्रा गरेको हो । अब हरेक महिना बागलुङमा धौलागिरी क्षेत्रको कला, संस्कति प्रद्र्धशन गरिने खड्काले बताउनुभयो ।

असोज ११ गते विश्वभर ४५ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । यस अवसरमा पर्यटन विकास समिति बागलुङ नगरले अन्य सांस्कृति कार्यक्रमसमेत आयोजना गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *