ढोरपाटनमा चार करोडको पर्यटन सूचना केन्द्र

आदर्श अनलाइन, बागलुङ

नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र रहेको ढोरपाटन पुग्ने पर्यटकलाई सूचनाको अभाव छ ।
पर्यटकीय पूर्वाधार बिनै ढोरपाटनमा आन्तरिक र बाह्य पर्यटकहरु घुम्न गइरहेको छन् । ढोरपाटन पुग्ने सडकसमेत व्यवस्थित नबन्दा पर्यटकलाई सास्ती रहेको छ ।

ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारीहरु हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने स्थलमार्ग मार्फत आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

ढोरपाटनमा पुग्ने पर्यटकको संख्यालाई लक्षित गरी पर्यटन विभागले पर्यटन सूचना केन्द्र निर्माणका लागि यस वर्ष पूर्वाधार निर्माणको काम गर्ने भएको छ ।

पर्यटकको संख्यामा वर्षेनी वृद्धि हुँदै गएपछि पर्यटन विभागले यहाँ पर्यटन सूचना केन्द्र निर्माण गर्ने भएको हो । ढोरपाटनको विषयमा समेटिएको जानकारी सहित पर्यटन सूचना केन्द्र निर्माणले यहाँ आउने पर्यटकलाई सहज बनाउने अपेक्षा ढोरपाटन नगरपालिकाले लिएको छ ।

ढोरपाटन उपत्यका रहेको ढोरपाटन नगरपालिका–९ स्थित पाखाथरमा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख कल्याण कायातले जानकारी दिनुभयो ।

कायातका अनुसार पहिलो चरणमा रु. ४ करोड लागतमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसंग सम्झौता गरिएको छ । पूर्वाधार निर्माणसंगै पार्क, संग्रहालय तथा पर्यटकहरुका लागि आवश्यक पर्ने अन्य जानकारी दिनका लागि उक्त केन्द्रले सहयोग पु¥याउने छ ।

“ढोरपाटनमा पछिल्लो समय १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन्, जसमध्ये प्रयाप्त सूचना र पूर्वाधारको अभावमा पर्यटकलाई अलमल भएको हामीले महशुस गरेका थियौ” नगरउपप्रमुख कायतले “पर्यटन विभागसंग गरिएको निरन्तर समन्वय र सहकार्यले ढोरपाटनको पाखाथरमा सुविधा सम्पन्न पर्यटन सूचना केन्द्र निर्माण गरिने, सूचना केन्दैसंगै व्यवस्थित पार्क बनाइने छ, उक्त पूर्वाधारमा ढोरपाटनको कला, संस्कृति र अन्य लुकेका विषयलाई संग्रहालयका रुपमा समेत देखाइने नगरपालिकाको योजना रहेको छ ।”

चालु आर्थिक वर्षमा रु. ४ करोड लागतमा उक्त पर्यटकीय पूर्वाधार केन्द्र निर्माण गरिने छ । पर्यटकयि पूर्वाधार सहित सूचना केन्द्र्र निर्माणका लागि जग्गाको व्यवस्थापन र डिपिआर ढोरपाटन नगरपालिकाले बनाएको उपप्रमुख कायतले बताउनुभयो । कायतका अनुसार यस क्षेत्रका संघीय सांसद देवि प्रकाश भट्टचनको विशेष पहलमा उक्त बजेट कार्यान्वयनमा आउन थालेको हो ।

ढोरपाटनमा भित्रिएका पर्यटकहरुलाई धेरै भन्दा धेरै ठाउँमा पु¥याउन, धेरै स्थानको जानकारी दिन, ढोरपाटनको पहिचान, कला तथा संस्कृतिको विषयमा त्यहाँ पुगेका पर्यटकहरुलाई जानकारी दिनका लागि ढोरपाटन नगरपालिकाको माग अनुसार पर्यटन सूचना केन्द्र आवश्यक परेको संघीय सांसद देवि प्रकाश भट्टचनले बताउनुभयो ।

नेपालकै एक मात्र सिकार आरक्षमा महङ्गो मुल्य तिरेर नाउर र झारलको सिकार गर्न सकिने भएकाले यहाँ आउने पर्यटकहरुलाई थप भुलाउन पर्यटकीय सूचना केन्द्र बनाइन थालिएको हो ।

ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका संरक्षण अधिकृत मन्दिप पंङ्गेनीले जानकारी दिनुभयो । पङ्गेनीका अनुसार पर्यटकहरु बढेसंगै राजश्व संकलनमा समेत वृद्धि भएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०÷८१ मा पर्यटकहरुबाट मात्रै १९ लाख राजश्व संकलन भएको बताउनुभयो ।

उहाँले पर्यटकलाई ढोरपाटन प्रवेशद्वार देउरालीमा केही जानकारी दिने गरिएको बताउनुभयो । उहाँले ढोरपाटठन आउने पर्यटकलाई पर्यटकीय पूर्वाधारको अभाव भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *