१६ महिनादेखि वेपत्ता सहकारी ठगीका आरोपी मेयर नेपाली भारतबाट पक्राउ

आदर्श अनलाइन, बागलुङ
सहकारी ठगी आरोपमा १६ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँदिल्लीमा पक्राउ परेका छन् ।

इन्टरपोलमा रेड नोटिस जारी भएका नेपालीलाई भारतीय पक्षले फेला पारेर नेपाल प्रहरीलाई जानकारी गराएको छ, नेपाल प्रहरीले जनाएको छ ।

भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर नेपालीलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढेको प्रहरी स्रोतले बताएको छ ।

बागलुङ र पोखरामा उनी संस्थापक अध्यक्ष बनेर सञ्चालनमा रहेका इमेज वचत तथा ऋण सहकारी संस्थाबाट करिव २ अर्व वचत अपचलन गरी नेपाली २०८० जेठ ५ गतेदेखि सम्पर्क विहिन भएका थिए ।
२०८० बैशाख ७ गतेदेखि सहकारीको कार्यालय बन्द गरेका नेपालीले वचतकर्तालाई ६ महिना भित्र वचत फिर्ता गर्ने प्रतिवद्धता गरेको एकसाता नपुग्दै सम्पर्क विहिन भएका थिए ।

बेला बेलामा फेसबुक लाइभ र प्रेस विज्ञप्ती मार्फत आफु र आफ्नो नाममा रहेको घरजग्गा विक्री गरेर वचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका नेपाली पक्राउ परेपछि वचतकर्ताहरुमा केही आशा पलाएको एक पीडितले बताए । नेपालीविरुद्ध ०८० माघ १२ गते रेड कर्नर नोटिस जारी भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *