आदर्श अनलाइन, बागलुङ
नागरिकको बचत रकम अपचलन गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ ।
नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका थिए । नेपालीलाई शुक्रबार नेपाल प्रहरीले दिल्लिमै पुगेर नियन्त्रणमा ल्याएपछि शनिबार उहाँलाई नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । सिआइबीमार्फत पक्राउ परेपनि हस्तान्तरण नभएको र हस्तान्तरण पछि मात्रै बागलुङ ल्याउने कँडेलको भनाई छ । नेपालाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो ।
नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।