१३२ केभी बुर्तिबाङ सवस्टेशनको पर्खालल भत्किदा डेढ करोडको क्षति

डम्मर बुढा मगर, बागलुङ
भारी वर्षाका कारण पहिरोले १३२ केभी बुर्तिबाङ सवस्टेशनको पर्खालल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोट स्थित सवस्टेशनको पर्खालल बगाउँदा साढे एक करोडको क्षति भएको हो । यसै वर्ष संचालन गर्ने गरि निर्माणाधिन अवस्थामा रहेको सवस्टशनको पर्खाललसहित विद्युतीय पोलसमेत बगाएको १३२ केभी बुर्तिबाङ सवस्टेशन आयोजानका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । पर्खालल भत्किएपछि सवस्टेशनको भवनसहित अन्य संरचनासमेत उच्च जोखिममा परेको उहाँको भनाइ छ ।

असार पहिलो सातानै संचालनमा ल्याउने गरि आयोजना कार्यालयले काम अगाडि बढाए पनि बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण अहिलेसम्म संचालनमा आउन थिएन । स्थानीयले केन्द्रीय प्रशारण लाइनको टावर निर्माण गर्न नदिँदा संचालनमा आउन सकेको थिएन । ९९ प्रतिशत सवस्टेशनको काम सकिए पनि पहिरोले पुनः निर्माण गर्नु पर्ने स्थिती आएको प्रमुख चौधरी बताउनुहुन्छ ।

चौधरीले भन्नुभयो – “सवस्टेशनको पर्खाल भत्किएर त्यसभन्दा तलको खोला थुनिएको रहेछ, अहिले खुलेको छ, पहिरोले पक्की पर्खालल बगाउँदा ठूलो क्षति भएको छ, झण्डै एक करोड पचास लाख बढीको क्षति हुँदा सवस्टेशन संचालन गर्न केही समय लाग्ने छ, पहिरो गएको ठाउँमा फेरि काम गर्नु प¥यो ।”

कपिलवस्तुको मोतिपुरदेखि सुुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेशन वि.सं. २०७८ सालदेखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेशनको निर्माण भएको छ । वि.सं. २०७६ सालमा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुईपछि मात्रै काम सुरु भएको थियो ।

मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन वि.सं. २०७८ चैत १२ गते परीक्षण गरि सुचारु गरिएको भन्दै गुल्मीको तम्घासको सवस्टेशन असार ७ गतेदेखि संचालनमा आएको प्रमुख चौधरीले जानकारी दिनुभयो । गुल्मीको पौँदीअमराई र बागलुङको बुर्तिबाङक सवस्टेशन एकै पटक संचालन गरिने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पौँदीअमराईदेखि बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नु पर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै केही निर्माण गर्ने बाँकी रहेका छन् ।

सवस्टेशन निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरि ४० करोडमा मुडभरी÷जोसी÷गौरा जेबीलाई जिम्मा लिएको थियो भने लाइन विस्तारका लागि करिब ८३ करोडको लागतमा सिक्माकोन÷एमएसपील जेबीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुदेखि बुर्तिबाङ ८६ किलोमिटर दरुरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुने प्रमुख चौधरी बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *